२६ असार २०८३, शुक्रबार

चक्काजाम खुलाउन लाग्दा प्रहरीमाथि ढुङ्गामुढा, चार प्रहरीसहित ६ जना घाइते

कात्तिक २०, २०७४
चक्काजाम खुलाउन लाग्दा प्रहरीमाथि ढुङ्गामुढा, चार प्रहरीसहित ६ जना घाइते

बनेपा, ५ पुस - काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–४ तीनपिप्लेमा भएको घटनाको विषयलाई लिएर प्रहरीले चक्काजाम खुलाउँदा आज प्रहरी र पीडित पक्षका आफन्तबीच झडप भएको छ । झडपमा चार प्रहरीसहित ६ जना सामान्य घाइते भएका छन् ।

पीडितका आफन्तले अरनिको राजमार्गको पाँचखाल सडकखण्डमा गरेको चक्का जाम खुलाउन लाग्दा प्रहरीमाथि ढुङ्गामुढा भएकाले प्रहरीले भीड हटाउन तीन राउन्ड अश्रुग्यास प्रहार गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सहकुल थापाले जानकारी दिए ।

उनले अहिले जनजीवन सामान्य भएको जानकारी दिँदै यातायातका साधन सञ्चालन भएको बताए । काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी शिव सिङ्खडाले पीडित पक्ष र स्थानीय प्रशासनबीच दोषीलाई अधिकतम सजाय दिने, लापरबाही रुपमा टिपर चलाउने विषयमा एक सातामा कार्यदल बनाएर छानबिन गर्ने र कानुनअनुसार क्षतिपूर्ति उपलब्ध गराउने विषयमा सहमति भएको बताए ।

सोमबार पाँचखाल नगरपालिका–४, तीनपिप्लेमा काठमाडौँबाट पाँचखालतर्फ जाँदै गरेको बा ३ ख ६६६९ नं को टिपर पल्टिएर थिचिँदा पात्लेखेत गाविसस्थित ठाकुर निमाविमा कार्यरत शिक्षक कृष्ण त्रिपाठीको मृत्यु भएको थियो । रासस

salt training

कमेन्ट गर्नुहोस्