२८ जेठ २०८३, बिहीबार

यसरी बढाउनुस् यौन क्षमता

यसरी बढाउनुस् यौन क्षमता

सेक्सले शारीरिक सुख प्रदान गर्ने र सृष्टिलाई निरन्तरता दिने काम गर्छ । तर, यसले मानिसलाई स्वस्थ र दीर्घायु बनाउन पनि सहयोग गर्छ भन्ने विभिन्न अनुसन्धानले देखाएको छ ।

कति पुरुष विभिन्न यौन समस्याका पीडित हुन्छन् । नपुंशकतादेखि लिएर उत्तेजनाको कमी, यौनइच्छाको कमी, शीघ्रपतनजस्ता यौनिक यस्तै समस्या हुन् । जो पुरुषहरूको टाउको दुखाउन पर्याप्त हुन्छ ।

यस्ता कतिपय यौनिक समस्याको चिकित्सकीय समाधान नहुन पनि सक्छ । तर, कतिपय घरेलु तथा आयुर्वेदिक उपाय यसको अचुक अस्त्र बन्न सक्छन् । आयुर्वेदमा यस्ता धेरै जडीबुटी छन्, जसले पुरुषहरूको यौनिक समस्याको समाधान गर्छन् ।

केही टिप्स :

-हरेक दिन दूधसँगै कुरिलोसमेत सेवन गर्नुहोस् ।

-दूधलाई पर्याप्त उमालेर मात्र पिउनुहोस् । दूधमा चिनी मिसाएर खानु अझै लाभदायी मानिन्छ ।

 -बदाम र नरिवलको सेवनले पनि यौनिक क्षमतामा वृद्धि गर्छ।

 

हरेक दिन एक गिलास गाजरको जुस वा चार–पाँचवटा गाजर खानुहोस् ।

- केरा र सुन्तला नियमित सेवन गर्नुहोस् ।

-घ्यू, मखन, हरियो तरकारी, फलफूल तथा बदामको नियमित सेवन गर्नुहोस् । यसबाट प्रोटिन पर्याप्त मात्रामा प्राप्त हुन्छ, जसले शुक्राणु वृद्धिमा सहयोग पुर्‍याउँछ।

-पालुंगो, काउलीजस्ता तरकारीको सेवन नियमित रूपमा गर्नुहोस्।

 -रक्सी तथा चुरोटको सेवन नगर्नुहोस् ।

 -अश्वगन्धारिष्ट नामक आयुर्वेदिक औषधिको सेवन पनि लाभदायी मानिन्छ ।

- नियमित व्यायाम तथा तनावबाट मुक्त रहनु पनि यौनजीवनलाई सुखी बनाउने एक अचूक अस्त्र हो । 

तनावबाट मुक्ति : तनावबाट मुक्ति पाउने उपायमध्ये सेक्स एक रहेको पुष्टि भइसकेको छ । सेक्सका क्रममा शरीरमा डोपामाइन नामक पदार्थ उत्सर्जन हुन्छ। जसले तनाव सिर्जना गर्ने हर्मोनलाई कमजोर बनाइदिन्छ । त्यसै गरी सेक्सका क्रममा उत्सर्जन हुने इडरफिन हर्मोन र अक्सिटक्सिनले पनि मानिसलाई तनावमुक्त राख्न मद्दत पुर्‍याउँछ ।

salt training

कमेन्ट गर्नुहोस्