
चिसो बढेपछि कञ्चनपुर, भीमदत्त नगरपालिकाले दुई दिन नगरपालिका क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय गरेको छ।
विद्यार्थीलाई विद्यालय आउन जान तथा पठनपाठनमा समेत समस्या भएकाले बिहीबार र शुक्रबार गरी दुई दिन विद्यालय बन्द गरिएको भीमदत्त नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुष्करप्रसाद भट्टले जानकारी दिए।
उनका अनुसार चिसोले विद्यार्थीको स्वास्थ्यमा समेत असर पर्ने देखिएकाले सञ्चित बिदा मिलान गर्ने गरी सामुदायिक र संस्थागत विद्यालय बिदा दिने निर्णय भएको हो।
अत्यधिक चिसो बढेपछि गत मङ्सिरमा समेत नगरपालिकाले दुई दिन विद्यालय बन्द गर्ने निर्णय गरेको थियो ।