अनलाईन प्रोफाइलमा आफूलाई पुरुष बताउँदै एक महिलाले करिब ५० युवतीको यौन शोषण गरेको घटना सार्वजनिक भएको छ ।
यो घटना लन्डनको एनफिल्डको हो । शुक्रवार ब्रिटेनको एक अदालतले २१ वर्षीया महिलामाथि ८ वर्षको जेल सजाय सुनाएको छ ।
डेली मेलको रिपोर्टअनुसार, जेम्मा वोट्स नाकी ती महिलाले १३ वर्षदेखि युवतीहरूको यौन शोषण गरेकी हुन् ।
१६ वर्षीय एक युवकको प्रोफाइल बनाएर उनले युवतीहरूसँग सम्पर्क बनाउथिन् । बिस्तारै उनी आफैं युवकको आमाको रूपमा ती युवतीलाई भेट्न जान्थिन् ।
जेम्मा जब युवतीलाई भेट्थिन् तब युवकको आमासँग मिलेकोमा खुशी हुन्थे । उनले पनि त्यसको फाइदा उठाउँदै अनलाइन च्याट एपमा फोटो राख्थिन् र ब्ल्याकमेल गर्थिन् ।
ब्रिटेनको विन्चेस्टर क्राउन कोर्टले महिलालाई यौन शोषण आरोपमा दोषी ठहर गरेको हो । एक पीडित युवतीले बताएकी छिन् कि, उनको दिल पुरै टुटेपछि प्रहरीमा उजुरी गरेकी हुन् ।