विश्व स्वास्थ्य संगठनको चेतावनी - एन्टिबायोटिकको प्रयोगले वर्षेनी १ करोडको मृत्यु हुन सक्छ

कुनै रोग लाग्दा डाक्टरले दिने एन्टिबायोटिक औषधिका कारण आगामी १० वर्षमा मृत्यु हुनेको संख्या अत्याधिक बढ्न सक्ने सम्भावना रहेको विभिन्न अध्ययनहरूले जनाएका छन् ।

विश्व स्वास्थ्य संगठनले भनेको छ कि अत्याधिक एन्टिबायोटिकको सेवनले ब्याक्टेरिया रोधक क्षमता कम हुन्छ । आगामी दिनमा यसको परिणाम भयानक हुने चेतावनी विश्व स्वास्थ्य संगठनले दिएको छ ।


Advertisement

सन् २०५० सम्म वर्षेनी १ करोड मान्छेको मृत्यु एन्टिबायोटिकका कारण हुने संगठनले खुलासा गरेको हो ।

अनुसन्धानमा पोल्ट्री र डेरी उद्योगमा जनावरहरूलाई तन्दुरुस्त राख्नका लागि प्रयोग गरिने एन्टिबायोटिकले बिस्तारै मानिसलाई पनि असर गर्ने बताइएको छ ।


Advertisement

एन्टिबायोटिक प्रयोग गरेपछि त्यसले गर्ने साइड इफेक्टका रूपमा नयाँ 'सुपरबग'हरू उत्पन्न हुने र त्यसका लागि झन् ठूलो डोजमा एन्टिबायोटिक प्रयोग गर्नुपर्ने स्थिति आउँछ ।

 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्