कात्तिक २१, २०८०
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
काठमाडाैं | बैशाख १४, २०८१
संखुवासभाको चैनपुर र मकालु गाउँपालिका, नुवाकोटको सूर्यगढी र इलामको निन्दाखुमा भएको आगलागी प्रहरीले नियन्त्रणमा लिएको छ ।
चैनपुर नगरपालिका २ तिखिढुङ्गा बस्ने झलकबहादुर अधिकारीको घरमा गएराति आगलागी हुँदा अन्नपात, भाँडावर्तन, लत्ताकपडा लगायत विभिन्न सामान र चौपाया जलेर करिब ८ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको प्रहरीले जनाएको छ ।
यसैगरी संखुवासभाको मकालु गाउँपालिका ५ खोप्ताक पाठागाउँ बस्ने ४४ वर्षीय भीमलाल तामाङको घरमा विद्युत सर्ट भई शुक्रवार बिहान आगलागी भएको थियो ।
आगलागीबाट ८० हजार रुपैयाँ नगद, सुनचाँदी, अन्नपात, लत्ताकपडालगायतका विभिन्न सामानहरू जलेर करिब ११ लाख ३९ हजार ५ सय रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
यस्तै, आगो निभाउने क्रममा घाइते भएकी भीमलालकी श्रीमतीको प्राथमिक स्वास्थ्य केन्द्र नुममा उपचार भइरहेको छ ।
यता नुवाकोटको सूर्यगढी गाउँपालिका ३ भुन्टेस्थित चतुरमाला सामुदायिक वनबाट फैलिएको आगो तेजबहादुर तामाङको घरमा सल्किँदा अन्नपात, लत्ताकपडा तथा आँगनमा रहेको बा ५७ प ५३९६ नम्बरको मोटरसाइकल जलेर करिब ८ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।
यस्तै, इलामको इलाम नगरपालिका ११ निन्दाखु टोल बस्ने उमराम खनालको घरमा शुक्रवार बिहान आगलागी हुँदा २ तोला सुन, ४ तोला चाँदी, अन्नपात, भाँडावर्तन, लत्ताकपडा लगायतका विभिन्न सामानहरू जलेर करिब ८ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको प्रहरीले जनाएको छ ।
स्थानीय बासिन्दा र दमकलको सहयोगमा प्रहरीले आगलागी नियन्त्रणमा लिएको थियो ।
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...