१८ असार २०८३, बिहीबार

‘नेपाल र भारतको सम्बन्ध हिमालझै अटल छ’

‘नेपाल र भारतको सम्बन्ध हिमालझै अटल छ’

नेपाल र भारतको सम्बन्ध हिमला झै अटल र गङ्गाझै पवित्र रहेको नेपाल र भारतका अधिकारीले जोड दिएका छन्। भारत बिहार राज्यको सुपौल जिल्लास्थित वीरपुर र दरभङ्गा जिल्लाको दरभङगामा भएको द्विपक्षीय बैठक तथा सहभ्रमण कार्यक्रमलाई सम्बोधन गर्दै अधिकारीहरुले सो कुरा बताएका हुन्।

भारत बिहार राज्य सुपौल जिल्ला वीरपुर अनुमण्डका एसडिएम सुभाषकुमारले नेपाल भारतको सम्बन्ध बेटी रोटीको जस्तै भएको बताए। उनले दुई देशको सम्बन्ध बेटी रोटीकै भएका कारण अन्य मुलुकमा जानका लागि प्रवेशआज्ञा र राहदानी लगाइए पनि नेपाल र भारतकालाई आवश्यक नभएको उल्लेख गरे।

दुई देशको सम्बन्ध अटुटभएकै कारणले दुई देशका नागरिकले खुला रूपमा आवतजावत गर्न सकिरहेका एसडिएम सुभाषकुमारले बताए। उनले दुई देशमा कुनै किसिमको समस्या भए आपसी छलफल र वार्ताबाट समाधान गर्न सकिनेमा जोड दिए।

इनरुवा नगरपालिकाका प्रमुख राजन मेहताले नेपाल र भारतको सम्बन्ध हिमालझै अटल र गङ्गाझै पवित्र भएको बताए। प्रमुख मेहताले भारती अधिकारीलाई नेपाल भ्रमण गर्नका लागि निम्तोसमेत दिए। उनले नेपालमा अहिले भ्रमणवर्ष चलिरहेकाले भ्रमणका लागि एसडिएम सुभाषकुमारलाई आग्रह गरे। नगर प्रमुख मेहताले भ्रमण वर्षका अवसरमा पोखरा, काठमाडौँको पशुपतिनाथलगायगका क्षेत्रमा भ्रमण गराउन र स्वागत गर्नका लागि आफू तयार रहेको बताए।

भ्रमण वर्षलाई लक्षित गरेर छिट्टै आफूहरुले नेपालका विभिन्न ठाउँको भ्रमण गर्ने एसडिएम सुभाषकुमारले प्रमुख मेहता समक्ष प्रतिबद्धता व्यक्त गरे। 

salt training

कमेन्ट गर्नुहोस्