×

NMB BANK
NIC ASIA

भवन निर्माण अलपत्र पारेर ठेकेदार फरार !

पुस २९, २०७६

NTC
Sarbottam
प्रतीकात्मक तस्वीर
Premier Steels
Marvel

सर्लाहीको लालबन्दी नगरपालिकाको भवन निर्माण कार्य करीब चार वर्षदेखि अलपत्र अवस्थामा रहेको छ ।

Muktinath Bank

निर्माण कार्यको ठेक्का लिएको ठेकेदारले २०७३ वैशाखमा काम छोडेर हिँडेपछि नगरपालिकाको भवन निर्माण कार्य अलपत्र परेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

लालबन्दी नगरपालिका–८ मा कूल दुई करोड १२ लाखमा लोकवीर बेताली, पाँच कुमारी जेभी काठमाडाँैले लालबन्दी नगरपालिकाको दुईतले भवन निर्माणका लागि काम गर्ने सहमतिमा ठेक्का पारेकोे थियो ।


Advertisment
Nabil box
Kumari

विसं २०७२ असार ७ गते भएको सम्झौताअनुसार २०७५ असार मसान्तभित्रमा निर्माण कार्य सम्पन्न गर्ने सहमति भएकामा सो मिति गुज्रिएको करीब डेढ वर्ष पुग्न लाग्दा पनि भवन निर्माण कार्य अलपत्र भएको नगरपालिका–८ का वडाध्यक्ष राजनकुमार श्रेष्ठले नियन्त्रणमा लिएको बताए ।

Vianet communication
Laxmi Bank

भवन निर्माणको काम छोडेर बेपत्ता भएको ठेकेदार कम्पनीले पटकपटक गरी कूल रु ९७ लाख रकम लागिसकेको छ । ठेकेदार कम्पनीले २०७२ असोज १७ मा रु ४२ लाख पेश्की लिएको थियो । त्यसपछि २०७२ पुस २७ मा रु ४३ लाख २८ हजार ८३५ र २०७२ फागुन ३० मा रु ११ लाख ७१ हजार १६५ बुझेको नगरपालिकाले जनाएको छ ।

अलपत्र रहेको भवन निर्माणको काम शुरु गर्न पटकपटक पत्र काटे पनि ठेकेदार कम्पनी सम्पर्कमा नआएको लालबन्दी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वासुदेव तिमल्सेनाले बताए ।

ठेकेदारले जमानत राखेको भनेको रु ४२ लाख बैंकको रेकर्डमा नभेटिएको भनेर बंैकबाट नगरपालिकामा पत्र आएको उनले बताएका छन् । उनका अनुसार काम शुरु गर्न र जमानतको रकम बैंकमा जम्मा गर्न आफूहरुले पटक–पटक पत्राचार गरे पनि ठेकेदार कम्पनी सम्पर्कमा आएको छैन ।

नक्कली कागजात पेश गरी रकम लिएर फरार रहेको भन्दै नगरपालिकाले ठेकेदार कम्पनीविरुद्ध जिल्ला अदालत सर्लाही र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि मुद्दा दायर गरेको छ । ठेकेदार कम्पनीलाई कार्वाहीका लागि २०७२ फागुन ३० गते प्रहरीमा समेत उजुरी परेको नगरपालिकाले जनाएको छ ।

अख्तियारले मुद्दाको टुङ्गो नलागेसम्म अधुरो रहेको भवन निर्माणको काम अगाडि नबढाउन निर्देशन दिएको वडा नं ८ का वडाध्यक्ष राजनकुमार श्रेष्ठले बताए ।

ठेकेदारले काम गरेकोभन्दा २५ प्रतिशत बढी भुक्तानी लगेकोसमेत मूल्याङ्कन गरिएको वडाध्यक्ष श्रेष्ठले बताए । नगरपालिका/नगर कार्यपालिकाको बैठकले अधुरो अवस्थामा रहेको भवन नजीकै अर्काे नयाँ भवन बनाउने निर्णय गरेको छ ।

पहिलो भवन निर्माण हँुदा पनि नगरपालिकालाई भवन नपुग्ने भन्दै अर्काे भवन निर्माणका लागि ठेक्कासमेत लागिसकेको नगरपालिकाले जनाएको छ । नयाँ भवन निर्माणका लागि आर्थिक वर्ष २०७६/७७ बाट भुक्तानी गर्ने गरी रु एक करोड १० लाख बजेटको व्यवस्था गरी ठेक्का लगाइएको वडाध्यक्षले बताए ।

नगरपालिकाको नयाँ भवनका लागि विभिन्न १९ वटा ठेकेदार कम्पनीले ठेक्का हालेकामा हिना कन्स्ट्रक्शनलाई रु ७१ लाखमा ठेक्का परेको उनले जानकारी दिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयमा भवन निर्माण कार्यमा लागेको रोकावट फुकुवाका लागि अनुरोध गरिएको नगरपालिकाले जनाएको छ ।

आफूहरुले अहिले सेवा दिइरहेको भवनमा पर्याप्त कोठा नहँुदा काम गर्न असहज भएकाले सेवाग्राहीको गुनासो आउने गरेको नगर प्रमुख मानबहादुर खड्काले बताए । नगरपालिकाको भवन निर्माणका लागि स्थानीयवासी रामबहादुर श्रेष्ठले पाँच कट्ठा जग्गा २० फिटको बाटो काटेर दान गरेका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x