
भारतीय टीमले अस्ट्रेलियाविरुद्ध १७ जनवरी अर्थात् शुक्रवार दोस्रो वान-डे म्याच खेल्दैछ । तर भारतीय टीमलाई खेलअगावै झट्का लागेको छ ।
भारतीय टीमका विकेटकीपर ऋषभ पन्तले दोस्रो वान-डे खेल्न नपाउन भएका छन् । उनले चोटका कारण दोस्रो म्याच गुमाउने भएका छन् ।
पहिलो म्याच १० विकेटले गुमाएको भारतलाई पन्तको अभाव शुक्रवार खड्कन सक्ने छ ।
बीसीसीआईले भनेको छ, 'पहिलो वान-डे म्याचमा हेल्मेटमा बललले लागेर ऋषभ पन्त घाइते भएका थिए ।'
पन्तलाई भारतीय पारीको ४४ औं ओभरमा बलले लागेको थियो ।