०८ असार २०८३, सोमबार

कीर्ते गरी हडपिएको जग्गा फिर्ता माग्दै आमरण अनशन

कीर्ते गरी हडपिएको जग्गा फिर्ता माग्दै आमरण अनशन

काठमाडौं महानगरपालिका–३१ का ७५ वर्षीय गणेशलाल अवाले र ७६ वर्षीय रविन्द्रकुमार उप्रेती व्यक्तिगत सम्पत्तिको हक प्राप्तिका लागि काठमाडौंको बबरमहल सडक पेटीमा आमरण अनशनमा बसेका छन् ।

काठमाडौं महानगरपालिका–१० मा आफ्नो नाममा रहेको ४ रोपनी ८ आनाभन्दा धेरै जग्गा र सम्पत्ति केही व्यक्तिले कीर्ते कागजमार्फत अदालतबाट फैसला गराएर हत्याएको आरोप लगाउँदै उनी ४ दिनदेखि आमरण अनशनमा छन् ।

जिल्ला अदालत काठमाडौंले कीर्ते कागजको आधारमा फैसला गरेको र त्यसविरुद्ध कानूनी उपचार गर्नसक्ने अवस्था नभएकाले आमरण अनशनमा बस्नुपरेको रविन्द्रकुमार उप्रेतीले लोकान्तरलाई बताए ।

राष्ट्रपति, प्रधानमन्त्री, संसदीय समिति, न्याय परिषद्, सर्वोच्च अदालत, राष्ट्रिय मानव अधिकार आयोग, गृह मन्त्रालय लगायत धेरै कार्यालयमा सरजमिनको माग समेत गरिएको उप्रेतीले बताए । ‘१९ वटा माग राखेर पत्र बुझाएको र सबै कार्यालयले न्याय परिषद्लाई पत्र पठाएका छन्,’ उनले भने ।

सम्पत्ति हत्याउन मालपोत कार्यालय र बैंकका कर्मचारीको समेत मिलेमतो रहेको अनशनरत पीडितको आरोप छ ।

salt training

कमेन्ट गर्नुहोस्