
प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाली सेनाका हरेक व्यक्ति आर्थिक रुपमा पारदर्शी हुनुपर्ने बताएका छन्।
गत कात्तिक १ बाट सञ्चालन भएको ‘सबैभन्दा पहिला हामी सिपाही’ कार्यक्रमको सोमबार जंगी अड्डामा समापन गर्दै प्रधानसेनापति थापाले भने, ‘२१औं शताब्दीको सिपाही आर्थिक रुपमा पारदर्शी, सम्मानित र आदर्शवान हुनुपर्दछ। सेनाको सिपाहीको एक विशिष्ट चरित्र हुन्छ भन्ने पक्षलाई आमनागरिक, समाज र राष्ट्रले देख्न र महु्स गर्न चाहन्छन्।’
थापाले संगठनको प्रभावकारिता अभिवृद्धि गर्न र संगठन भित्रका सबैको एउटै बुझाई हुनुपर्ने बताए।
सेनानी मीनबहादुर बस्नेतले विभिन्न ज्ञान, सीप र क्षमता भएका सेनाका सिपाहीहरु एकजुट भएर एक अर्कालाई सम्मान र एक अर्काको महत्त्व बुझ्नु पर्ने बताए।