
निवर्तमान उपसभामुख डा. शिवमाया तुमहाङ्फेले परिवर्तित भूमिकामा संसदीय गतिविधिमा आफू क्रियाशील रहने बताएकी छन् ।
उपसभामुखबाट राजीनामा दिएपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिदै उनले आफू ‘ट्रयाक चेन्ज’ गरेर अगाडि बढ्ने बताइन् ।
संसदलाई नेतृत्वविहिन बनाउन नहुने आफ्नो अडानका कारण मात्र राजीनामामा आफूले ढिलाइको उनले बताइन् ।
उनले संविधान र कानूनअनुसार आफूले कार्यसम्पादन गरेको र अडानमा बाजी मारेको पनि टिप्पणी गरिन् । गोरखापत्र दैनिकमा खबर छ ।