०३ असार २०८३, बुधबार

एयरफोर्स पाइलट बन्दै कंगना

माघ ११, २०७६
एयरफोर्स पाइलट बन्दै कंगना


कंगना रनावत स्क्रुवाला प्रोडक्सनबाट बन्न लागेको फिल्ममा एयरफोर्स पाइलटको भूमिकामा देखिने भएकी छन् ।

सर्वेश मोवाडाको निर्देशनमा बन्ने यो फिल्मको शीर्षक तेजस राखिएको छ । दुई सातापहिले कंगनाले यो फिल्म गरेकी हुन् । फिल्मको सुटिङ जुलाईबाट शुरू हुनेछ । 

कंगनाले भनिन्, 'म पहिलेदेखि नै फिल्ममा सैनिकको भूमिका निर्वाह गर्न चाहन्थेंं । बच्पनदेखि नै मलाई सशस्त्र बलप्रति आकर्षण थियो । उनीहरू देश र नागरिकलाई सुरक्षित राख्छन् । त्यसैले यो फिल्ममा काम गर्न पाउँदा मलाई धेरै खुशी लागेको छ ।' अन्नपूर्ण पोस्टमा खबर छ । 
 

salt training

कमेन्ट गर्नुहोस्