
प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले सहमतिका आधारमा प्रदेशको नाम र राजधानी टुंगो लाग्ने बताएका छन्।
प्रेस संगठन नेपाल, प्रदेश ५ को प्रथम भेलालाई बुटवलमा शनिबार सम्बोधन गर्दै उनले प्रदेशको नाम र राजधानीका विषयमा मुख्यमन्त्रीको निजी विचार नरहेको बताए।
राजधानीका लागि साझा मनोविज्ञानको निर्माण आवश्यक भएको उल्लेख गर्दै पोखरेलले लुम्बिनी, राप्ती र भेरीको मनोविज्ञानलाई परिवर्तन गर्न जरुरी भएको औँल्याए।
उनले प्रदेशका जनताको राय र प्रदेशसभाका सदस्यको कार्यदेश आधारमा प्रदेशसभाको नाम र राजधानीका विषयमा सर्वसम्मत निर्णय हुने जानकारी दिँदै त्यस्तो हुन नसके प्रक्रियामा गई सहमतिकै आधारमा टुङ्गो लाग्ने बताए।