३० असार २०८३, मंगलबार

केन्द्रीय कमिटी बैठक तयारीका लागि नेकपा अध्यक्षद्वय बालुवाटार छलफलमा

केन्द्रीय कमिटी बैठक तयारीका लागि नेकपा अध्यक्षद्वय बालुवाटार छलफलमा

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड'बीच आइतवार बिहानदेखि प्रधानमन्त्री निवास बालुवाटारमा छलफल जारी रहेको छ ।

छलफल यही माघ १५ गतेदेखि बोलाउने भनिएको केन्द्रीय कमिटी बैठकको तयारीमा केन्द्रित रहेको बालुवाटार स्रोतले बतायो ।

बिहान साढे ८ बजेदेखि शुरू भएको अध्यक्षद्वयको बैठकमा केन्द्रीय कमिटी बैठक, सभामुख-उपसभामुख निर्वाचन, संवैधानिक आयोग लगायत अन्य समसामयीक राजनीतिक विषयमा पनि छलफल भएको बताइएको छ ।

केन्द्रीय कमिटी बैठकका लागि माघ १५ गतेदेखि २० गतेसम्म प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृह बूक गरिसकिएको छ । पार्टी केन्द्रीय सचिवालयले ६ दिनका लागि सभागृह बूक गरिसकिएको जानकारी दिए ।  

विधानतः ६/६ महिनामा बस्नुपर्ने केन्द्रीय कमिटी बैठक २ वर्षयता बस्न सकेको छैन । २०७५ जेठ ३ गते पार्टी एकतालाई सदर गर्न बसेको बैठक त्यसयता बस्न सकेको छैन ।

गत पुसको पहिलो साता सम्पन्न स्थायी कमिटी बैठकले पुस २३ गतेदेखि बैठक आह्वान गरेको थियो । तर राष्ट्रिय सभा सदस्य निर्वाचनको तयारी गर्नुपर्ने भन्दै २० गते बसेको सचिवालय बैठकले माघ १५ गतेका लागि दोस्रो मिति तय गरेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्