२२ असार २०८३, सोमबार

लिखित संविधान नभएका पाँच देश, यसरी चल्छ शासन

लिखित संविधान नभएका पाँच देश, यसरी चल्छ शासन

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ।

तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो।

तर, तपाईँलाई थाहा नहुन सक्छ विश्वमा यस्ता पनि देश छन्, जहाँ लिखित संविधान छैन।

तर तपाईँलाई लाग्ला त्यसो भए शासन व्यवस्था कसरी चलिरहेको छ?

थाहा पाउनुहोस् लिखित संविधान नभएका देशबारे

इङल्यान्ड अर्थात युनाइटेड किन्डममा लिखित संविधान छैन। यहाँ पहिलेदेखि नै केही नियम बनाइएको छ, तिनै नियमका आधारमा शासन चल्छ।

यी नियम संविधानको अधिनियम बराबर महत्व राख्छन्।  इङल्यान्डको कानूनलाई समय र परिस्थिति अनुसार संसदबाट संशोधन गरिँदै आएको छ। 

साउदी अरबमा रहेका अचम्मका कानुनबारे तपाईँले सुन्नु भएकै होला। तर यो देशमा पनि लिखित संविधान छैन।

यहाँ पनि धर्मग्रन्थ कुरानमा लेखिएको कुरालाई नै सर्वोच्च मानेर फैसला गरिने गरिएको छ।

सन् १९४८ मा स्वतन्त्र भएको इजराइलमा पनि आफ्नो लिखित संविधान छैन।

यद्यपि यो देश स्वतन्त्र भएपछि संविधान बनाउने प्रयास गरिएको थियो। तर संसदमा आपसी मतभेदका कारण लिखित संविधान जारी हुन सकेन। यहाँ अलिखित संविधानले मान्यता पाएको छ। जसबाट पूरै देशको शासन व्यवस्था चल्दै आएको छ।

दक्षिण पश्चिमी प्रशान्त महासागरस्थित द्वीपीय देश न्यूजील्यान्डमा पनि लिखित संविधान  छैन।

यहाँ अलिखित संविधान छ, जसको आधारमा न्याय र प्रशासनिक व्यवस्था चल्दछ।  पहिले बनेका कानुनलाई आधार मानेर यहाँ शासन चल्दै आएको छ।

उत्तरी अमेरिकी देश क्यानडामा संविधानलाई लिएर विवाद छ। केही मान्छेको मान्यता छ कि अलिखित संविधानबाट शासन चलिरहेको छ।

तर, केही मान्छेको भनाइ छ  यहाँ लिखित संविधान छ। क्यानडामा लिखित संविधान त छ, तर यहाँको सरकार अलिखित संविधानको नियमलाई पालना गर्ने गरेको छ। -एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्