
मोरक्कोमा जन्मेकी नोरा फतेहीले अहिले बलिउडमा हंगामा मच्चाइरहेकी छन् । बिग बोसको नवौं सीजनमा देखिएकी नोरा आइटम गीतहरूमा बेली डान्स गरेर प्रशंसकहरूको मनमा बस्न सफल भएकी छन् ।
दिलबर, ओ साकी साकी, गर्मी लगायत गीतमा उनले निकै सुन्दर नृत्य गरेकी छन् । उनी सलमान खानको भारत र हालै वरुण धवनको स्ट्रीट डान्सर ३डीमा पनि देखिएकी थिइन् ।
नोरा फिटनेसमा खुबै ध्यान दिन्छिन् र शेपमा बस्न नाच्छिन् ।
सामाजिक सञ्जालमा पनि खुबै सक्रिय छिन् । इन्स्टाग्राममा उनका एक करोडभन्दा बढी फलोअर छन् ।
आफ्नो इन्स्टाग्राम अकाउन्टमा उनले निकै बोल्ड तस्वीरहरू राखेकी छन् ।