×

NMB BANK
NIC ASIA

बन्चरेलाई दुहुनो गाई बनाउन खोज्नेको नाम सार्वजनिक गर्छु : मन्त्री मानन्धर

माघ १४, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनका लागि निर्माणधिन बन्चरे डाँडा स्यानिटरी ल्याण्डफिल्ड साइट निर्माणमा फेरि अवरोध आएपछि सहरी विकास राज्यमन्त्री रामबीर मानन्धरले निर्माण स्थलको फेरि छड्के अनुगमन गरेका छन् । 

Muktinath Bank

उपत्यकाको फोहर व्यवस्थापनमा कोषेढुंगा मानिएको नुवाकोट र धादिङको सीमानामा पर्ने बन्चरेडाँडामा निर्माण कार्य थप्प भएपछि मन्त्री मानन्धर सडक विभागका इन्जिनियरहरूसहित निर्माण स्थल पुगेका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बन्चरेडाँडालाई मेलम्ची-२ बनाउन खोज्नेहरू सलबलाईरहेको बताउँदै मन्त्री मानन्धरले राज्यको लगानीमाथि खेलवाड गर्नेहरूलाई कारबाही गरिछाड्ने बताएका छन् । समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पुरा गर्न र प्रधानमन्त्रीको सपना साकार पार्न यो परियोजना तोकिएकै समयमा सक्नुको विकल्प नभएको बताउँदै मन्त्री मानन्धरले आयोजनालाई दुहुनो गाई बनाउन खोज्नेहरूको नाम सार्वजनिक गर्ने चेतावनी दिएका छन् । 


Advertisment
Nabil box
Kumari

'मेलम्ची खानेपानी आयोजना सकिन कति वर्ष लाग्यो ? यस अघि दर्जनौं सरकार आए, तर कम्युनिस्ट सरकारहरू नै जनताप्रति उत्तरदायी भएर काम गरेको ईतिहाँस छ,' मन्त्री मानन्धरले भने, ' चरेडाँडालाई पनि मेलम्चीकै हालतमा पुर्याउन खोज्नेहरू सलबलाईरहेका छन् । अब मेलम्चीको पानी काठमाडौंमा आउन रोक्नेहरूको र बन्चरेमा फोहर व्यवस्थापनमा अवरोध गरेर उपत्यकालाई सर्वसम्पन्न सहर निर्माण हुन नदिनेहरूको दिन सकिए । किनकी नेपालमा नेकपाको सरकार छ । हामी जनताको सेवक हौं ।' 

Vianet communication
Laxmi Bank

मन्त्रीसहितको टोली पुग्दा निर्माण स्थलमा क्रसर उद्योगले गिटी, बालुवा र ढुंगा पैठारी गरिरहेको पाइएको छ । ल्याण्डफिल्ड साइट निर्माण गरिरहेको सहरी विकास तथा भवन निर्माण विभागको हेलचक्राईंका कारण निर्माण स्थलमा अवरोध आएको स्थानीयले आरोप लगाएका छन् । 

गत पुस पहिलो साता मन्त्री मानन्धरसँगै बन्चरेडाँडा पुगेका सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मणिराम गेलाल र आयोजना निर्देशक पदम मैनालीले फागुन पहिलो साताभित्र फोहर व्यवस्थापन गर्नेगरी तीन सिफ्टमा काम गर्ने प्रतिवद्वता जनाएका थिए ।  तर विभागकै कारण काम रोकिएपछि स्थानीय थप आक्रोशित बनेका छन् । 

सोमबार मध्यान्ह मन्त्री मानन्धरसँगै सडक डिभिजन कार्यालय काठमाडौंका डिजी कुबेर नेपाली, इन्जिनियर अशोक शाक्य र मधुसुदन लामिछाने पनि पुगेका थिए । 

बन्चरेडाँडासम्म पुग्ने सडक पिच तत्काल गर्नेगरी काम अघि बढाइएको नेपालीले बताए । बन्चरेडाँडा पुग्ने छोटो दुरीको सडक निर्माणका बारेमा पनि अध्ययन थालिने छ । 

उपत्यकाको फोहर व्यवस्थापनमा चासो दिँदै आएका मन्त्री मानन्धरले कामलाई तिब्रता दिन आयोजना प्रमुखसहित ठेकेदार कम्पनिलाई पटक पटक निर्देशन दिएका छन् । 

मन्त्री मानन्धर गत बिहीबार पनि एक्लै आयोजना स्थल पुगेका थिए । मन्त्री मानन्धरले आयोजना स्थलमा देखिएको अवरोध अन्त्यका लागि पहल स्वरुप बन्चरेडाँडा गएको बताए । ठेकेदारले काम रोकेको खबर पाएपछि अनुगमनमा गएको बताउँदै मन्त्री मानन्धरले आयोजना सम्पन्न गर्नका लागि बजेटको अभाव नभएको बताए । 

'सहरी विकास तथा भवन निर्माण विभागका अधिकारीहरूले बजेट अभाव नभएको बताए पनि नियोजित रुपमा काम रोकिएको छ,'  मन्त्री मानन्धरका प्रमुख स्वकिय सचिव ओम राजबाहकले भने, 'काम रोक्ने ठेकेदार र आयोजना प्रखुखसँग मन्त्रीज्युले स्पष्टिकरण लिने तयारी गर्नुभएको छ ।'

'प्रधानमन्त्रीले काठमाडौंको फोहर व्यवस्थापन दिर्घकालिन रुपमा समाधान हुने यो आयोजनालाई तिब्र रूपमा अघि बढाउन निर्देशन दिनुभएको छ,' मन्त्री मानन्धरले भने- 'आयोजना प्रमुखहरूले गलत रिपोर्टिङ गर्ने र ठेकेदारले काम रवक्ने दोहोरो चरित्र देखियो । अब कारबाहीको प्रक्रिया अघी बढाउँछु ।' 

आफू मन्त्री भएपछि पाँच पटक आयोजनाको अनुगमन गरिसकेको बताउँदै मन्त्री मानन्धरले संघीय राजधानी काठमाडौं उपत्यकाको फोहर व्यवस्थापनमा बाधा उत्पन्न गराउनेको र अनावश्यक बखेडा निकालेर काम रोक्नेहरूलाई कारबाही गर्ने  बताए । 

कम्तिमा सय वर्षका लागि उपत्यकाको फोहर व्यवस्थापन गर्न सकिनेगरी निर्माणाधिन बन्चरेडाँडा ल्याण्डफिल्ड साइटको पहिलो फेज फागुन पहिलो साता भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । 

स्थानीयसँग निरन्तर सम्पर्कमा रहेको बताउँदै मन्त्री मानन्धरले हाल स्थानीय आयोजनामा देखिएको अवरोध अन्त्य गर्न सहमत भइसक्दा पनि काम रोकिनु गलत भएको बताए । 

आयोजना निर्माणको पहिलो चरणको लागत ३४ करोड ६८ लाख रुपैयाँ रहेको छ । आयोजना सम्पन्न गर्न सरकारले १ अर्ब ५६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।  बन्चरेडाँडा स्यानेटरी ल्याण्डफिल्ड साइट निर्माणको लागि सरकारले स्थानीयको १७ सय रोपनी जग्गा अधिग्रहण गरिसकेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x