०४ असार २०८३, बिहीबार

६७ हजारको चेकमा अगाडि २० थपी बीस लाख निकालेपछि ...

६७ हजारको चेकमा अगाडि २० थपी बीस लाख निकालेपछि ...

कीर्ते गरी रकम ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-१४ बल्खुस्थित ताहाचल सामुदायिक आवास व्यवस्थापन समाजका कार्यालय सचिव भोजपुर खडानन्द गाउँपालिका- ११ घर भएका ५६ वर्षीय सन्तोष घिमिरे पक्राउ परेका छन् ।

कार्यालय प्रयोजनका लागि सिद्धार्थ बैंक शाखा कार्यालय कुलेश्वरबाट २०७६ पुस ९ गते जारी भएको चेकमा ६७ हजार ९ सय १६ रुपैयाँको चेकलाई घिमिरेले अंक र अक्षर दुवैमा किर्ते गरी २० लाख ६७ हजार ९ सय १६ रुपैयाँ बनाई उक्त रकम निकाली ठगी गरी फरार भएको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनलाई बल्खुबाट पक्राउ गरेको हो ।

निज घिमिरेको कोठामा खन्तलासी गर्दा लुकाईछिपाइ राखेको १८ लाख नगद पनि बरामद भएको प्रहरीले जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्