
बंगलादेशी नागरिक मोहिद्दिन अहमद परवेजको आर्थिक लेनदेनमा भएको विवादका कारण हत्या भएको खुलेको प्रहरीले जनाएको छ।
काठमाडौं प्रहरी परिसर, टेकुले बिहीबार पत्रकार सम्मेलन गरी काठमाडौँमा भएको अहमदको हत्याको कारण विदेश लाने भनेर लिएको चार लाख रुपैयाँ भएको खुलाएको छ ।
हत्या प्रकरणका मुख्य आरोपित दुला मियाँलाई प्रहरीले बुधबार राति काँकरभिट्टाबाट पक्राउ गरेसँगै हत्याको कारण खुलेको हो ।
विज्ञप्तीमा भनिएको छ, ‘मृतकले मियाँलाई लेवनान पठाउने भनेर ३ लाख टाँका (नेपाली ४ लाख ३ हजार) लिएका रहेछन् ।
तर, काठमाडौंमा भिषा नलागेपछि भएको विवादमा अहमदको हत्या भएको हो ।’ यसअघि ७ माघमा सोल्टीमोडको होटल ग्राण्ड भिलाको कोठा नं ११४ मा अहमदको शव भेटिएको थियो ।
अघिल्लो दिन हिमालय एयरलाइन्समार्फत सँगै काठमाडौं आएका दुई जनाबीच विवाद हुँदा विस्कीको बोतल प्रहार गरेर अहमदको हत्या गरेको मियाँले स्वीकारेका छन् ।