
रूपन्देहीको सैनामैनास्थित रामापुर चोकमा भएको सवारी दुर्घटनामा २ युवाको घटनास्थलमै मृत्यु भएको छ ।
लु४२प ७०९६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई अर्को मोटरसाइकल, स्कूटर र साइकल यात्रीलाई ठक्कर दिएको थियो ।
दुर्घटनामा लु४२प ७०९६ नम्बरको मोटरसाइकलमा सवार सुदीप चौधरी र नविन चौधरीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलमा प्रमुख डीएसपी भीमलाल भट्टराईले जानकारी दिए ।
मृत्यु हुने युवा अन्दाजी २०/२१ वर्षका रहेको भट्टराईले जानकारी दिए । दुर्घटनामा अन्य १ जना गम्भीर घाइते भएका छन् । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।