२१ जेठ २०८३, बिहीबार

कोरोना भाइरसबाट बच्न विश्वभर आपतकाल घोषणा

माघ १८, २०७६
कोरोना भाइरसबाट बच्न विश्वभर आपतकाल घोषणा

चीनबाट फैलन सुरु गरेको नोबेल कोरोना भाइरस पछिल्लो समय विश्वभर फैलने क्रममा छ ।

विश्वभर कोरोना भाइरस फैलिन थालेपछि विश्व स्वास्थ्य सङ्गठनले 'विश्वव्यापी स्वास्थ्य सड्कट' निम्त्याएको भन्दै आपत्काल घोषणा गरेको छ।

नेपालमा पनि चीनबाट आएका एक विद्यार्थीमा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि सरकारले भाइरस नियन्त्रण गर्न उच्च सतर्कता अपनाएको छ । ती विद्यार्थी उपचारपछि निको भइसकेका छन्।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव खगराज बरालले नेपाल कोरोन भाइरसको जोखिममा नरहेको बताए। उनले समयमै सतर्कता अपनाएका कारण जोखिम नरहेको स्पष्ट पारे।

सचिव बरालले चीनबाट आएक एक जनालाई भाइरस पुष्टि भएको हो, चीनबाट आएका अन्य विद्यार्थीलाई कोरान भाइरसका संक्रमण भटिएन भने । गोरखापत्र दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्