
नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कागजमा लोकतन्त्र र निर्वाचन पद्धति राख्दैमा जनताका अधिकार सुरक्षित हुन नसक्ने बताएका छन्।
सेन्टर फर डेमोक्रेसीले शनिबार आयोजना गरेको ‘नेपालमा लोकतन्त्रका चुनौती र अबको बाटो’ विषयक अन्तरक्रियामा उनले बोल्न, स्वतन्त्रतापूर्वक व्यवसाय गर्न र निजी सम्पत्ति जोड्न पनि लोकतान्त्रिक व्यवस्थाको विकल्प नभएकामा जोड दिए।
लोकतान्त्रिक संस्कृतिकै लागि प्रतिपक्षमा भएर पनि कांग्रेसले जिम्मेवार राजनीतिक दलको भूमिकामा लागेको उनले बताए।
राणा, पञ्चायत र राजाले समेत लोकतन्त्रमाथि आक्रमण गर्दा टिक्न नसकेको इतिहास अध्ययन गरेर सच्चिन उनले सरकारलाई सुझाव दिए।