१९ असार २०८३, शुक्रबार

म रहरले राजनीतिमा आएको होइन : सीके राउत

म रहरले राजनीतिमा आएको होइन : सीके राउत

जनमत पार्टीका अध्यक्ष सीके राउतले आफू परिस्थितिले उब्जाएको समस्याका कारण राजनीतिमा आएको बताएका छन्। 

शनिबार सप्तरीको सदरमुकाम राजविराजमा आयोजित पार्टीको आमसभामा राउतले भने, ‘म कुनै रहरले राजनीतिमा आएको होइन, मधेशको परिस्थितिका कारण आएको हुँ।’

मधेशका समस्याहरु अहिले पनि ज्यूँको त्यूँ’ रहेकाले राजनीति बिना विकास र मधेशको परिवर्तन सम्भव नहुने परिस्थितिका कारण आफू राजनीतिमा प्रवेश गरेको राउतको भनाइ थियो । समृद्ध मधेशको परिकल्पनालाई साकार गर्न र सम्पूर्ण मधेशीको अधिकार सुनिश्चित गराउन जनमत पार्टीको गठन गरिएको उनले बताए।

मधेश आन्दोलनको नाममा ५४ जनालाई शहीद गराएर आफूलाई मधेश केन्द्रीत दल भन्ने पार्टीहरुले सत्ताका लागि मात्र राजनीति गरिरहेको आरोपसमेत उनले लगाए।

salt training

कमेन्ट गर्नुहोस्