०३ असार २०८३, बुधबार

६ वर्षीया बालिकाकाे अपहरण गरी १६ लाख फिरौती माग्ने युवक प्रहरी फन्दामा

६ वर्षीया बालिकाकाे अपहरण गरी १६ लाख फिरौती माग्ने युवक प्रहरी फन्दामा

आइतबार स्कुलबाटै ६ वर्षीया बालिका अपहरण गरी १६ लाख फिरौती माग्ने नासा कलेज तिनकुनेमा स्नातक तहमा अध्ययनरत अपहरणकारी युवकलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सर्लाही लालबन्दी नगरपालिका–५ स्थायी घर भई हाल मध्यपुरथिमि नगरपालिका–६ बस्ने २० वर्षीय आशिष थापा रहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता दीपक गिरीले जानकारी दिए। अपहरण गर्ने व्यक्ति बालिकाको बाबुका मामाका छोरा थिए। काकाले भतिजीलाई नै अपहरण गरेका थिए। 
 
आइतबार दिउँसो सवा १२ बजे मध्यपुरथिमिको ग्लोरि इङ्लिस स्कुल पुगेर युकेजीमा पढ्ने ६ वर्षीया बालिकालाई अभिभावक हुँ भन्दै आशिषले मोटरसाइकलमा हालेर लगेको ४ घण्टापछि बालिकाको सकुशल उद्धार गरिएको छ भने अपहरणकारी पक्राउ परेको उनले जनाए।

आफूले *चिनेकै मान्छे स्कुलमा लिन आएपछि बालिका पनि सहजै गएको र अपहरणकारीले मोटरसाइकलमा बालिकालाई लगेर सूर्यविनायक नगरपालिका–७ घ्याम्पेडाँडा पु¥याइ करिब ३ बजे बालिकाको बाबुलाई फोन गरी छोरी आफ्नो कब्जामा रहेको  १६ लाख नदिए जे पनि हुनसक्छ भनेर धम्की दिएपछि बालिका अपहरणमा परेको खुलासा भएको थियो । 

अपहरणकारीको मोबाइल लोकेशनको आधारमा प्रहरीले सूर्यविनायक जङ्गल केन्द्रित भएर खोजी गर्ने क्रममा अपहरणकारी थापाले फिरौती वापतको रकम थिमिमा रहेको भाटभटेनीमा ल्याएर दिन भनेपछि बालिकाको परिवार भाटभटेनी सुपरमार्केट पुगेको महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरी जानकारी दिएको छ ।

रकम लिन भनेर आएका थापालाई प्रहरीले सोही स्थानबाट पक्राउ गरेको र मोटरसाइकलमा सवार भई अपहरणमा सघाउने अर्का एकको खोजी भइरहेको प्रहरीले जनाएको छ । 

(समाचारमा 'आफूले *चिनेकै मान्छे ...' हुनुपर्नेमा अन्यथा हुन गएकोमा क्षमायाचनासहित सच्याइएको छ । यो समाचार सरकारी समाचार एजेन्सी राससबाट लिइएको हो । हामी राससका ग्राहक हौं र यो विषय लाेकान्तर डट्कमको गृहपृष्ठमै स्पष्ट खुल्नेगरी उल्लेख गरेका छौं । त्यसरी उल्लेख गरिसकेपछि बाइलाइन रहेकोमा बाहेक राससका सबै समाचारमा रासस भनिरहनुपर्छ भन्ने लाग्दैन : सम्पादक)

salt training

कमेन्ट गर्नुहोस्