
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्य्रीय कमिटीको बैठकले प्रस्तुत राजनीतिक प्रतिवेदन, सांगठनिक प्रतिवेदन पारित गर्दै ११ बुँदे समसामयिक प्रस्ताव पनि पारित गरेको छ ।
केन्द्रीय कमिटीको आइतवार सम्पन्न बैठकले सन् २०१९ नोभेम्बर २ का दिन नेपालका लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रलाई समेटेर भारतले प्रकाशित गरेको राजनीतिक नक्सालाई अमान्य ठहर गरेको छ ।
ऐतिहासिक नक्सा, प्रमाण र दस्तावेजहरूका आधारमा ती भूभाग एवम् सुस्ता क्षेत्र नेपालका अभिन्न अंग हुन् भन्नेमा पार्टी स्पष्ट छ ।
नेपाल र भारतका परराष्ट्र सचिवहरूको संयन्त्रबाट समस्या समाधान गर्ने पूर्वसहमतिविपरीत गरिएको एकपक्षीय निर्णय नेपालका लागि मान्य नहुने पार्टीले स्पष्ट पारेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । गोरखापत्र दैनिकमा खबर छ ।