२७ जेठ २०८३, बुधबार

खालिस्तान समर्थक पृथकतावादी नेताको पाकिस्तानमा हत्या

माघ २०, २०७६
खालिस्तान समर्थक पृथकतावादी नेताको पाकिस्तानमा हत्या

भारतमा वान्टेड रहेका खालिस्तान समर्थक एक वरिष्ठ नेतालाई वाघा बोर्डरनजिकै गुरुद्वारबाहिर दुई अज्ञात आक्रमणकारीले गोली हानी हत्या गरेको प्रहरी सूत्रले जानकारी दिएको छ ।

खालिस्तान लिबरेसन फोर्स (केएलएफ)मा आबद्ध हरमित सिंह उर्फ ‘र्‍याप्पी पीएचडी’लाई सोमवार लाहोरबाहिरको इलाकामा पर्ने डेरा चहल गुरुद्वारेनजिकै हत्या गरिएको सूत्रले बतायो ।

अमृतसरका सिंहमाथि कथितरूपमा पन्जाबमा सन् २०१६–१७मा आरएसएस नेताहरूको हत्यामा संलग्न रहेको आरोप छ । 

उनीलगायत खालिस्तानसँग सम्बन्धित ८ जना पृथकतावादी नेताविरुद्ध गत वर्ष इन्टरपोलले रेड कर्नर नोटिस जारी गरेको थियो।

सिंहको हत्याको घटनामा कुनै उजुरी दर्ता नभएको पीटीआईले जनाएको छ। नाम उल्लेख नभएको उक्त स्रोतले आपूmहरूलाई उक्त घटनाको जाँच नगर्न भनेको जानकारी दिए । 

त्यसैले हरमित सिंहको हत्या मामिलामा कुनै उजुरी परको छैन । कानुनी एजेन्सीहरूले बुर्कीमा गुरुद्वारनजिकको इलाकालाई घेराबन्दी गरेको र पत्रकारसमेत कसैलाई त्यहाँ जान अनुमति नदिएको बताइएको छ ।

शवको पोस्टमोर्टनका लागि लाहोरको कुनै अस्पतालमा पनि नलगिएको सूत्रले बताए ।  नेपाल समाचारपत्रमा खबर छ । 
 

salt training

कमेन्ट गर्नुहोस्