१० साउन २०८३, आइतबार

नेपालको टी–ट्वान्टी र्‍याङ्किङ यथावत, पारस र सन्दीप २ स्थान तल

माघ २०, २०७६
नेपालको टी–ट्वान्टी र्‍याङ्किङ यथावत, पारस र सन्दीप २ स्थान तल
फाइल फोटो

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)को टी–ट्वान्टी विश्व बरियतामा नेपाल पूर्ववत स्थानमा यथावत रहेको छ ।

आईसीसीले आज सार्वजनिक गरेको नयाँ बरियताअनुसार नेपाल टी–ट्वान्टीतर्फ १२औँ स्थानमा रहेको छ । यसअघि पनि नेपाल १२औँ स्थानमा थियो ।

टी–ट्वान्टीमा नेपाल ११औं स्थानसम्म पुगेको थियो । टी–ट्वान्टीको विश्व बरियतामा पाकिस्तान शीर्ष स्थानमा, अष्ट्रेलिया दोस्रो, बेलायत तेस्रो, भारत चौथो र दक्षिण अफ्रिका पाँचौँ स्थानमा छन् ।

टी–ट्वान्टीको खेलाडी बरियताअन्तर्गत ब्याटिङतर्फ नेपालका पारस खड्का ६२औं स्थानमा छन् । यसअघि उनी ६०औं स्थानमा थिए ।

बलिङतर्फ नेपालका सन्दीप लामिछाने ८५औँ स्थानमा छन् । यसअघि उनी ८३औँ स्थानमा थिए ।

अलराउण्डरतर्फ पारस २७औं स्थानमा तथा सोमपाल कामी ६५औँ स्थान तथा करण केसी ७५औं स्थानमा रहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्