×

NMB BANK
NIC ASIA

अख्तियारको जालोमा हालसम्मकै ठूलोे माछा, गच्छदारविरुद्ध साढे ९ करोडको भ्रष्टाचार मुद्दा

माघ २२, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

पटक–पटक सांसद, मन्त्री र उपप्रधानमन्त्री बनेका नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनीविरुद्ध ९ करोड ६५ लाख बिगो कायम गरिएको छ ।

Muktinath Bank

बालुवाटारस्थित ललिता निवासको जग्गा कीर्ते गरी व्यक्तिको नाममा सारेर भ्रष्टाचार गरेको आरोपमा गच्छदारसहित पूर्वमन्त्रीहरू छविराज पन्त, डम्बर श्रेष्ठ, चन्द्रदेव जोशी, अख्तियारकै पूर्वप्रमुख आयुक्त दीप बस्न्यात लगायत १७५ जनाविरुद्ध अख्तियारले विशेष अदालत काठमाडौंमा बुधवार भ्रष्टाचार मुद्दा दायर गरेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पटक–पटक मन्त्री बनेका गच्छदारका समकालीन नेताहरू खुमबहादुर खड्का, चिरञ्जीवी वाग्ले, जेपी गुप्ता र गोविन्दराज जोशीलगायतले यसअघि नै भ्रष्टाचार मुद्दा खेपिसकेका छन् ।


Advertisment
Nabil box
Kumari

नेपाली कांग्रेस सत्तामा रहेको समयमा २०४८ सालदेखि उनी लाभको पदमा पटक–पटक पुगेका थिए । २०४८ सालको संसदीय निर्वाचनपछि लगातार निर्वाचित हुने सांसदमा गच्छदार पनि एक हुन् । गणतन्त्र स्थापना पछि पनि उनी माधवकुमार नेपाल र डा. बाबुराम भट्टराई सरकारमा उपप्रधानमन्त्री सहित गृहमन्त्री बनेका थिए । 

Vianet communication
Laxmi Bank

२०६३ सालमा मधेश आन्दोलन शुरू भएपछि गच्छदार नेपाली कांग्रेस छाडेर तत्कालीन मधेशी जनअधिकार फोरममा सहभागी भएका थिए । 

माधवकुमार नेपाल सरकारमा सहभागी हुन उनले तत्कालीन फोरम फुटाएर मधेशी जनअधिकार फोरम लोकतान्त्रिक गठन गरेका थिए । 

फोरमबाट पटक–पटक सरकारमा सहभागी भएका गच्छदार २०७४ सालको प्रतिनिधि सभा निर्वाचनको पूर्वसन्ध्यामा नेपाली कांग्रेस प्रवेश गरेका थिए । 

सुनसरीबाट प्रत्यक्ष निर्वाचित गच्छदार अहिले नेपाली कांग्रेस संसदीय दलका उपनेता हुन् ।

विक्रम संवत् २०१० सालमा भलुवा– ८ सुनसरीमा जन्मिएका गच्छदार २०२६ सालदेखि राजनीतिमा सक्रिय छन् । महेन्द्र मोरङ क्याम्पस विराटनगरबाट उनले विद्यार्थी राजनीति शुरू गरेका थिए । 

कांग्रेस राजनीति गर्ने क्रममा गच्छदारले ६ वर्ष जेल जीवन समेत बिताएका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x