कात्तिक २०, २०८०
इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ । यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...
‘डल्लो बोकेर भविष्य बन्दैन’ भन्दै ललित राजवंशीलाई उनका बुवा अजय नारायणले गाली गर्ने गर्थे । उनले छोरालाई मात्रै गाली गरेनन्, छोराकी आमाले पनि गाली खाइन् ।
हाम्रो समाजमा अहिले पनि छोराछोरीले फट्याइ गरे भने दोषको भागिदार आमा हुनुपर्छ । बिहान–साँझ ललितले क्रिकेट खेलकै कारण आमा सुककुमारीदेवी राजवंशीले पतिको गाली खानुपर्यो ।
छोरा खेल्न हिँड्दा बिग्रिने भन्दै पहिला पत्नीलाई ‘कस्तो छोरा जन्माइस्’ भनेर अजयले गाली गर्ने गरेका थिए । छोराले प्रगति गर्दै गएपछि अहिले भने अजयले सुककुमारीदेवीलाई ‘कस्तो राम्रो छोरा जन्माइस्’ भनेर प्रशंसा गर्ने गरेका छन् । त्यति मात्रै होइन, सपनामा कस्तो देखेकी थिइस् र यस्तो राम्रो छोरो जन्माइस् भनेर पतिले भन्ने गरेका सुककुमारीदेवीले बताइन् ।
‘हामी गरीब मान्छे । खेल खेलेर केही पनि गर्न सकिँदैन । पढ्नुपर्छ । जागिर खानुपर्छ । खेलाडी भएर माथिल्लो पोस्टमा पुग्न सकिँदैन भनेर गाली गरेको थिए,’ उनले भनिन् ।
कतिपटक त छोराको शरीरमा निलडाम हुने गरी नै उनले कुटपिट गरेका थिए । जति रोक्न खोजे पनि छोरा ललितलाई क्रिकेट खेल्नबाट कसैले रोक्न सकेनन् । गाउँलेले पनि ‘यो राम्रो खेलाडी हुन्छ’ भनेर सम्झाउँदा पनि बुवालाई भने छोराले प्रगति नगर्ने भयो भनेर चिन्ताले सताइरह्यो ।
अजय नारायणका ४ सन्तान छन्, ३ छोरा र १ छोरी । जेठा छोरा नेपाल प्रहरीमा कार्यरत छन्, माइला इलेक्ट्रिसियन हुन् । कान्छा ललित राष्ट्रिय क्रिकेट टीमका सदस्य छन् । ललित २९ वर्षका भए । विद्यालयको पढाइलेखाइमा पनि उनी अब्बल थिए । बुवा अजयलाई पनि छोरा ललित पढाइलेखाइमा अगाडि आओस् भन्ने लागेको थियो । टोलमै धेरै पढेको व्यक्ति होस् भन्ने उनको चाहना थियो ।
ललितलाई बुवा अजय धेरै पढाउन चाहन्थे तर ललित क्रिकेटमा भविष्य खोज्न थालिसकेका थिए । सानैदेखि क्रिकेटमा उनको रुचि थियो । विद्यालय पढ्दादेखि नै क्रिकेट खेल्ने गरेका थिए । बिहान–साँझ क्रिकेट खेलेर दिउँसो पढ्न जाने गरेका थिए ।
विद्यालय बिदा भएपछि पनि घर नआई साथीभाइसँग क्रिकेट खेल्ने गरेको उनले सम्झिए । घरमा ढिलो आउने र हतारहतार गरेर भात खाएर विद्यालय जाने गरेकाले पढाइ बिग्रिन्छ भन्ने लागेर गाली गर्ने गरेको बुवा अजयले बताए ।
गाउँमै सबैभन्दा बढी पढेको मेरै छोरो होस् भन्ने बुवा अजयको चाहना भए पनि उनले सोचे जस्तो भएन । बीएड पढ्दापढ्दै छोरा ललित खेलकुदमा भविष्य खोज्दै क्रिकेट खेल्न थाले ।
क्रिकेटभन्दा अन्यत्र छोराले मन नलगाउने भयो भनेर सहयोग गर्न थालेको अजयले बताए । खेलका लागि चाहिने सामग्री ललितले आफैं जोडजाम गर्थे ।
विराटनगर महानगरपालिका–१४ मा सामान्य परिवारमा हुर्किएका ललित बाल्यकालदेखि नै क्रिकेट खेलमा अब्बल थिए । पहिला छोराले गाली खुवाए पनि अहिले देशले चिनाउने काम गरेको ललितकी आमा बताउँछिन् । स्कूलमा खाजा खान दिएको पैसा जोहो गरेर क्रिकेट खेलका लागि आवश्यक पर्ने सामग्री खरिद गर्ने गरेका थिए ललितले । ललितले २०१५ सालदेखि व्यावसायिक रूपमा क्रिकेट खेल्न शुरू गरेका थिए ।
२०१८ सालदेखि नेपालको सिनियर टीममा डेब्यु गरेका थिए ललितले । उनले पहिलो खेलमा जिम्बावेसँगै जिम्बावेमै अन्तर्राष्ट्रिय एक दिवसीय खेल खेलेका थिए ।
हालै भएको खेलमा यूएईलाई ९ रनले हराउँदै नेपाल विश्वकप छनोटमा पुगेको छ । चैत्र २ गते भएको लिग–टूको अन्तिम खेलमा यूएईलाई डीएलएस मेथडमा ९ रनले हराउँदै नेपाल विश्वकप छनोटमा पुगेको हो ।
जीतसँगै आईसीसी विश्वकप लिग–२ को तेस्रो स्थानमा उक्लिँदै नेपाली राष्ट्रिय क्रिकेट टोली विश्वकपको ग्लोबल क्वालिफायरमा सिधै छनोट भएको छ । विश्वकपको क्वालिफायरमा पुर्याउनेमध्येका एक खेलाडी हुन् ललित राजवंशी ।
उनी नेपाल टी–२० लिगको एकै खेलमा ५ विकेट लिने पहिलो बलर बनेर चर्चामा आएका थिए । उनी राष्ट्रिय क्रिकेट टीमका सदस्य पनि हुन् । ललितले विश्वकप लिग–२ शृंखलामा उत्कृष्ट प्रदर्शन गरेका थिए ।
विश्वकप जितेको हेर्ने चाहना रहेको बुवा अजयनारायणले बताए । चैत्र २ गते बिहान ८ बजे नै काम सकेर दिनभर टेलिभिजनमा छोरालाई हेरिरहेको उनले सुनाए । छोरा सहितको टीमले जित्यो भन्दा धेरै खुशी लागेको र अब विश्वकप जितेको हेर्ने चाहना रहेको अजय नारायणले बताए । नेपालले जितोस् भनेर अहिलेदेखि नै पूजा गर्न थालेको उनले बताए ।
इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ । यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...
चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...
एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....
अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...
फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...
आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ । अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...