×

अस्ट्रेलिया छैटौंपटक विश्वकप च्याम्पियन

घरेलु मैदानमा भारतलाई निराशा : यी ५ कारणले हावी बन्न पुग्यो अस्ट्रेलिया

काठमाडाैं | मंसिर ३, २०८०

NTC
Premier Steels
Marvel

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ ।

yONNEX
Sagarmatha Cement

अहमदावादस्थित नरेन्द्र मोदी क्रिकेट स्टेडियममा अस्ट्रेलियासँग ६ विकेटले पराजित हुँदा भारतको सपना चकनाचुर बन्न पुगेको हो । यसक्रममा अस्ट्रेलियाले छैटौंपटक ट्रफी उचाल्यो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

७ ओभरमा ४७ रन जोड्दा ३ विकेट गुमाएको अस्ट्रेलिया ट्रविस हेड र मानस लाबुशेनको शानदार साझेदारीको बलमा विजयी भएको हो ।


Advertisment

२४१ रनको लक्ष्य अस्ट्रेलियाले ४३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो । अस्ट्रेलियाका लागि हेडले १३७, अविजित लाबुशेनले ५८, मिचेल मार्सले १५, डेभिड वार्नरले ७, स्टिभन स्मिथले ४ तथा गेलेन म्याक्सवेलले अविजित २ रनको योगदान गरे ।

Vianet communication
Laxmi Bank

जसप्रित बुम्राहले २ तथा मोहम्मद शामी र मोहम्मद सिराजले १-१ विकेट लिए पनि अस्ट्रेलियालाई रोक्न पर्याप्त भएन ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारत ५० ओभरमा २४० रनमा समेटिएको थियो । केएल राहुलले ६६, विराट कोहलीले ५४ तथा रोहित शर्माले ४७ रन जोडे पनि अन्य ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।

मिचेल स्टार्कले ३, जोश हेजाल्वुड र प्याट कमिन्सले समान २ तथा गेलेन म्याक्सवेल र एडम जम्पाले १-१ विकेट लिए ।

प्रतियोगिताभर अस्ट्रेलियाभन्दा अब्बल देखिएको भारत फाइनलमा निरीह बन्न पुग्यो । खेलमा केही यस्ता टर्निङ पोइन्ट आए, जसले नतिजा अस्ट्रेलियातर्फ धकेल्यो ।

. अस्ट्रेलियाले टस जित्नु

खेलअघि धेरैले अनुमान गरेका थिए, टस जित्ने टीमले पहिला ब्याटिङ गर्नेछ । तर, अपेक्षाविपरीत अस्ट्रेलियाका कप्तान प्याट कमिन्सले फिल्डिङको निर्णय लिए । पहिले फिल्डिङ गर्नुको कारण बताउँदै कमिन्सले भनेका थिए- पिच ड्राइ छ, साँझमा शीतको सम्भावना पनि हुन्छ, त्यसैले पहिले फिल्डिङ गर्न चाहन्छौं । पिच ड्राइ भनेर उनले राम्रोसँग रोल भएको छैन, ब्याटिङमा खासै सहज हुन्न भन्न खोजेका थिए । अन्तत: उनको निर्णय सही सावित भयो, जसले टीमलाई छैटौंपटक विश्वकप विजेता बनायो ।  

. रोहित शर्माको विकेट

शुभमन गिललाई सस्तै (४ रन)मा गुमाए पनि कप्तान रोहित शर्माले भारतलाई गतिलो शुरूआत दिलाएका थिए । ९ ओभर ४ बलमा ४७ रन जोडेका रोहित ट्रविस हेडको हातबाट क्याच हुनु नै खेलको महत्त्वपूर्ण 'टर्निङ पोइन्ट' थियो । त्यसपछि विराट कोहली र केएल राहुलले राम्रो साझेदारी गरे पनि रनको गति सुस्त बन्न पुगेको थियो, जसका कारण भारतले सम्मानजनक स्कोर खडा गर्न सकेन । अन्तिममा त्यही कुरा भारी पर्‍यो ।

. टीमको प्लानमा खरो उत्रिएका अस्ट्रेलियन बलर

सामान्यतया दबाबको खेलमा पहिले ब्याटिङ गर्नु उपयुक्त हुन्छ भन्ने मान्यता छ । त्यसविपरीत टस जितेको अस्ट्रेलियाले पहिला फिल्डिङ गर्दा भारतलाई सामान्य स्कोरमा समेट्न अस्ट्रेलियन बलरसामु दबाब थियो । तर, अस्ट्रेलियन बलरहरू टीम प्लानमा खरो उत्रिए । रोहित, विराट र केएल राहुलबाहेक कसैले पनि खुलेर खेल्न सकेनन् । शुरूआती खेलहरूमा संघर्ष गरेका अस्ट्रेलियन बलरले सेमीफाइनलबाटै आफ्नो पुरानो लय समातेका थिए । फाइनलमा मिचेल स्टार्कले ३, जोश हेजाल्वुड र प्याट कमिन्सले समान २ तथा गेलेन म्याक्सवेल र एडम जम्पाले १-१ विकेट लिन सफल भए ।

. ट्रविस हेडको शानदार पारी, लाबुशेनको साथ

वर्ल्ड टेस्ट च्याम्पियन्सिपको फाइनलमा पनि भारतलाई हराउँदा म्यान अफ दी म्याच भएका ट्रविस हेड एकपटक फेरि भारतका लागि भारी बन्न पुगे । उनको १३७ रनले भारतलाई निकै पछाडि छाडिदियो । ट्रविस आउट हुँदा टीमलाई जम्मा २ रन आवश्यक थियो, जुन गेलेन म्याक्सवेलले पूरा गरे । ४७ रनमा ३ विकेट गुमेपछि बनेको प्रेसरमा लाबुशेनले हेडलाई दह्रिलो साथ दिए । स्टिभन स्मिथ आउट भएपछि 'एंकर रोल'को आवश्यकता परेका बेला लाबुशेनले शानदार पारी खेले । ५८ रनको पारी खेल्ने क्रममा स्पिनरहरूसामु उनी नीर्भिक देखिए । प्रतियोगिताभर अस्ट्रेलियन ब्याटरहरू स्पीनसँग संघर्ष गरिरहेका थिए । तर, फाइनलमा निकै फरक दृश्य देखियो ।

. निस्फिक्री र निडर शैली

अस्ट्रेलियाको सबैभन्दा सबल पक्ष भनेकै प्रेसरमा निर्धक्क खेल्नु हो । सामान्यतया सानो लक्ष्य हुँदा टीमहरूले लक्ष्यअनुसार 'स्लो स्टार्ट' गर्ने गर्छन्, तर २४१ रनको लक्ष्य पच्छ्याएको अस्ट्रेलियाले पहिलो ओभरबाटै 'एट्याक' शुरू गरेको थियो । शुरूआति ६ बलमा १५ रन जोडेको अस्ट्रेलियाले दोस्रो ओभरमा डेभिड वार्नरका रूपमा महत्त्वपूर्ण विकेट गुमाए पनि आक्रामक अन्दाज छाडेन । मिचेल मार्श पनि आक्रामक खेल्ने क्रममै आउट हुन पुगेका थिए । अस्ट्रेलियन ब्याटरको यस्तै निस्फिक्री अन्दाज फेरि एकपटक काम आयो, जसले अस्ट्रेलियालाई छैटौंपटक विश्वकप विजेता बनायो ।

hAMROPATRO BELOW NEWS
NLIC
TATA Below
कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

रूकुम पश्चिम र जारजरकोटमा ओइलाएका सयपत्री फूल अनि ज्यूँदा सपना

रूकुम पश्चिम र जारजरकोटमा ओइलाएका सयपत्री फूल अनि ज्यूँदा सपना

मंसिर ३, २०८०

मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्,​ दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....।  हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...

'टिकटकसँग डराउने मान्छे प्रचण्ड हुन सक्दैनन्'

'टिकटकसँग डराउने मान्छे प्रचण्ड हुन सक्दैनन्'

कात्तिक ३०, २०८०

कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...

व्यवस्थामाथि हैन, 'असफल' नेतामाथि खतरा

व्यवस्थामाथि हैन, 'असफल' नेतामाथि खतरा

कात्तिक ३०, २०८०

केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...

x