२६ जेठ २०८३, मंगलबार

ओमानविरुद्ध फेरि अर्को दुर्लभ विश्व कीर्तिमानको निकट सन्दीप लामिछाने

कात्तिक १७, २०८०
काठमाडौं
ओमानविरुद्ध फेरि अर्को दुर्लभ विश्व कीर्तिमानको निकट सन्दीप लामिछाने
फाइल फोटो

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् ।

यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विकेट लिएर सन्दीपले विश्वकीर्तिमान आफ्नो नाममा लेखाएका थिए ।

विश्वकप एसिया छनोटको फाइनल खेलमा आगामी आइतवार कीर्तिपुरमा उही ओमानविरुद्ध सन्दीप फेरि टी–२० अन्तर्राष्ट्रियमा पनि सबैभन्दा छिटो एक सय विकेट लिने दुर्लभ कीर्तिमानको नजिक पुगेका हुन् । 

विश्वकप छनोटको निर्णायक र महत्वपूर्ण खेलमा सन्दीपले शुक्रवार यूएईविरुद्ध दुई विकेट लिएका थिए । सन्दीपले यी दुई विकेटसँगै ५१ खेलबाट विकेटको संख्या ९६ पुर्‍याएका छन् । अब आइतवार ओमानविरुद्ध सन्दीपले चार विकेट लिन सके ५२ खेलबाट एक सय विकेट पुर्‍याउने छन् ।

सन्दीपले यो लक्ष्य हासिल गरे यस अघि ५३ खेलबाट एक सय विकेट लिएका अफगानिस्तानका राशिद खानको कीर्तिमान तोडिनेछ । 

null

अब दुई खेलमा चार विकेट लिए सन्दीपले सबैभन्दा छिटो टी–२० एक सय विकेट लिनेमा राशिदसँग बराबरी गर्नेछन् । 

सन्दीपले ५३ खेलमा सबैभन्दा छिटो एक सय विकेट लिने कीतिमान आफ्नो नाममा लेखाउन नसके पनि दोस्रो स्थान भने पक्का गर्नेछन् । किनकि राशिदपछि श्रीलंकाका लाशिथ मालिंगाको नाममा दोस्रो कम ७६ खेलमा एक सय विकेट पूरा गर्ने दोस्रो खेलाडीको रेकर्ड छ ।

एक दिवसीयमा पनि सन्दीपले राशिदकै ४४ खेलको कीर्तिमान ४२ खेलमा पूरा गर्दै तोडेका थिए ।

नेपालले टी–२० विश्वकपमा स्थान पक्का गरेको निर्णायक खेलमा सन्दीपले ४ ओभरमा १ मेडन राख्दै १४ रन दिएर महत्वपूर्ण २ विकेट लिएका थिए । सन्दीपले ओमानविरुद्ध बिहीवार पनि कीर्तिपुरमा २ विकेट लिएका थिए । 

तर सन्दीपले यो प्रतियोगिता अघि नेपालले यूएई र हङकङसँग त्रिदेशीय सिरिज खेलेको थियो । यो सिरिज भने सन्दीपले खेलेका थिएनन् ।

यो सिरिजका ५ खेल खेलेको भए सन्दीपले सहजै विश्वकीर्तिमान आफ्नो नाममा लेखाउन सक्ने थिए ।

salt training

कमेन्ट गर्नुहोस्