×

NMB BANK
NIC ASIA

प्रदेश सरकार परिवर्तनको बहस

कोशीमा नयाँ सरकार बनाउन एमालेको दबाब, मध्यावधिमा जाने मुख्यमन्त्रीको चेतावनी

विराटनगर | चैत १४, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

कोशी प्रदेशमा  नेकपा (माओवादी केन्द्र) र एकीकृत समाजवादीलाई सरकारबाट बाहिरिन नेकपा (एमाले)ले दबाब दिन थालेको छ । केन्द्रमा भागबन्डा हुँदा कोशीको नेतृत्व आफ्नो भागमा पर्ने भन्दै एमालेले नयाँ सरकार निर्माणको लागि गठबन्धनमा आबद्ध दलहरूमाथि दबाब बढाएको हो । 

Muktinath Bank

कोशीमा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ । एमालेले मुख्यमन्त्री केदार कार्कीलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको एमालेका प्रमुख सचेतक रेवतिरमण भन्डारीले बताए । केन्द्रमा कोशी प्रदेश एमालेको भागमा पर्ने भएकोले अब नयाँ गठबन्धनअनुसार सरकार बन्ने उनले बताए । ‘केन्द्रमा प्रदेशको भागबन्डाको विषयमा लगभग टुंगिएको छ । आजभोलिमा लिखित सम्झौता हुने बुझेका छौं,’ उनले भने ‘हामी पनि अब दुई दिनभित्र प्रदेशका गठबन्धनका नेताहरू बसेर छलफल गरेर अगाडि बढ्छौं ।’ 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

केन्द्रमा गठबन्धन परिवर्तन भए पनि माओवादी केन्द्र र एकीकृत समाजवादी भने सरकारमै छन् । उनीहरूले अहिलेसम्म सरकार छाडेका छैनन् । सरकारमा गएका मन्त्रीहरूलाई फिर्ता बोलाउने विषयमा पनि अहिलेसम्म कुनै छलफल नभएको नेताहरूले बताएका छन् । ‘केन्द्रमा बनेको समीकरणअनुसार हामी पहिला माओवादी र एसका मन्त्रीहरूलाई फिर्ता बोलाउन आग्रह गर्छौ,’ प्रमुख सचेतक भण्डारीले भने, ‘गठबन्धनका नेताहरूसँग छलफल गरेर हामी पनि समर्थन फिर्ता लिन्छौं ।’ एमाले संसदीय दलका उप नेता राम रानाले सरकारलाई दिएको समर्थन फिर्ताको कागज भने तयारी अवस्थामा राखेको बताए । सबै सांसदलाई हस्ताक्षर गराएर राखि सकिएको उनले बताए । 


Advertisment
Nabil box
Kumari

एमालेले समर्थन फिर्ता लिएपछि र गठबन्धनमा रहेका दलहरूले मन्त्री फिर्ता लिएपछि मुख्यमन्त्री कार्कीले राजीनामा दिनुपर्ने र नदिए प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने एमालेको भनाइ छ ।

Vianet communication
Laxmi Bank

समर्थन फिर्ता लिएपछि राजीनामा नदिए संसद्को सर्वोच्चता प्रयोग गर्ने उनले बताए । गत असोज २७ गते नेकपा एमालेको समर्थनमा नेपाली कांग्रेसबाट ८ सांसद लिएर विद्रोह गरेका केदार मुख्यमन्त्री बनेका थिए । 

मुख्यमन्त्री कार्कीले कात्तिक १६ गते माओवादी केन्द्र र एकीकृत समाजवादीलाई सरकारमा सहभागी गराएपछि एमाले सरकारबाट बाहिरिएको थियो । 

संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री भएका कार्कीले भने आफ्नो सरकारको विकल्प नरहेको जिकिर गर्दै आएका छन् । उनले ‘केन्द्रमा पानी परे प्रदेशमा छाता नओड्ने’ उनले चेतावनी दिँदै आएका छन् । आफ्नो सरकार विघटन गराउन खोजे प्रदेश मध्यावधिमा जाने उनको चेतावनी छ । 

केन्द्रमा गठबन्धन फेरिँदैमा कोशीको सरकार नफेरिने उनले दाबी गर्दै आएका छन् । कोशीमा सहमतीय र सर्वदलीय सरकार निर्माणको विकल्प भने हुनसक्ने उनको भनाइ छ । 

सरकारमा सहभागी माओवादी केन्द्र र एकीकृत समाजवादीले भने ‘हतारो’ गर्ने पक्षमा देखिएका छैनन् । उनीहरूले सरकार बन्ने दर्बिलो आधार चाहिने बताउँदै आएका छन् । 

माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले केदार कार्की नेतृत्वको सरकारबाट फिर्ता लिनेबारे पार्टीमा कुनै छलफल नभएको बताए । केन्द्रमा समीकरण बनेर हतारो गर्नुपर्ने अवस्था नरहेको उनले बताए ।

कोशीमा एमालेको ४०, कांग्रेसको २९, माओवादी केन्द्रको १३, राप्रपाको ६, नेकपा एकीकृत समाजवादीको ४ र जनता समाजवादी पार्टीको १ सांसद छन् । ९३ सदस्यीय प्रदेशसभामा बहुमत पुर्‍याएर सरकार गठन गर्न कम्तीमा ४७ सांसदको साथ आवश्यक पर्छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x