×

NMB BANK
NIC ASIA

त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनल मलाई झगडालु गाउँको प्रहरी चौकी जस्तो लाग्छ । यस्तो चौकी जहाँ दिनहुँ झगडा र वादविवाद बाहेक अरु केही हुन्न । पोखराका लागि बिहान ७ बजे उड्न विमानस्थल पुगेको कुनै यात्रु जब बेलुकीको ५ बजेसम्म विमानस्थलमै हुन्छ, तब उसले झगडा नगरी ब्ल्याक कफी पिएर मात्र बस्दैन । माइक्रो बस चढेर गएका उसका साथीहरू पोखराको पृथ्वीचोक पुगेर फोन गर्छन्, तर ऊ भने अझै काठमाडौंमै हुन्छ । 

Muktinath Bank

केही समय अगाडि विमान चढिसकेका यात्रुलाई ‘रन वे’ बाट फर्काइएको थियो । यात्रुहरूले जहाजबाट ओर्लिन नमानेपछि प्रहरीहरूले बल प्रयोग गर्ने धम्की दिएका थिए । अन्ततः यात्रुलाई विमानबाट जबर्जस्ती निकालियो र फर्काइयो । विमान कम्पनीका कर्मचारीहरूको लापरवाहीका कारण यात्रुले मानसिक तनाव बेहोर्नुपर्‍यो । समयको बर्बादी भयो । घण्टौंसम्म डिलेको पीडा झेलेर अझै पनि रन वेबाट फर्काइन्छ भने त्यहाँ अरुथोक के–के हुँदैन होला ?


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अर्बौंका मालिकहरूले एयर लाइन्स कम्पनी चलाएका छन् । विमानहरू उडाएका छन् । अपमान र पीडाका केही झलकहरू यो खेलमा १४ सय शब्द नबढाइ लैख्दैछु । सरकार यिनै मालिकहरूको जयजयकारमा व्यस्त छ । हवाई माफियाहरूको चरम लापरवाही छ, तर नागरिकका दुःख, पीडासँग सरकारको कुनै सम्बन्ध छैन । विमान डिले भयो, नजानेहरू कोही हुनुहुन्छ भने पैसा फिर्ता दिन्छौं भन्छन् विमान सेवाका कर्मचारीहरू, तर विषय के हो भने पैसा सबथोक होइन, अनुशासन सबथोक हो ।


Advertisment
Nabil box
Kumari

यात्रुले भोग्नु परेका कुरा एकैछिनलाई थाती राखौं । विमानस्थल त नेपालको हो । सिस्टम हुनुपर्छ कि पर्दैन ? हरेक कुराको सीमा हुन्छ । नेपाली यात्रु मात्र होइन विदेशी यात्रु पनि नेपाली विमान सेवा प्रदायकबाट आजित भएका छन् । नेपाल एयरलाइन्स कहाँ छ, टिकट कहाँ पाइन्छ थाहा छैन । निजी एयर लाइन्ससँग विमान धेरै छैनन्, तर टिकट तीन थुप्रो छ । 

Vianet communication
Laxmi Bank

‘तिम्रो म्यानेजरलाई बोलाउँछौ कि विमानस्थलमा आगो लगाइदिउँ’ एक सन्की यात्रुको धम्की सुनेर नजिकै उभिएका एकजना बाजेको सातोपुत्लो उड्यो । बुद्ध एयरका कर्मचारीहरू पनि के कम, परिस्थितिलाई काबुमा लिने भन्दा पनि कुस्ती खेल्न आतुर भए जस्तो कमिजको बाहुला माथि सारे अनि भने– ‘हामी नै हौं यहाँको म्यानेजर, के भयो ?’

यात्रुहरूको असन्तुष्टि र झगडा स्वभाविक हुन्छ, किनभने यस्तै हतारको काम छिटो गर्न पैसा सापटी मागेर भएपनि मानिसहरू जहाज चढ्छन् ।

‘के भयो, किन कराएको ?’ बुद्ध एयरको परिचय पत्र भिरेको त्यो मोटे व्यक्ति र ओठभरि लिपिस्टिक दलेकी एक युवती दादागिरीको शैलीमा प्रतिवाद गर्न आइपुगे । घण्टौं उडान डिले भएको, भीडभाडमा उकुसमुकुस भएको, भोकाएका यात्रुहरू चिसो कुर्सीमा बसिरहेको ती कर्मचारीलाई अवगत नै थियो । तर पनि ती भन्दै थिए– ‘हैन, के भयो ?’ 

शायद बुद्ध एयरका कर्मचारीहरूका निम्ति स्क्रिनमा विमान डिले भएको सूचना फ्याँकेर जिम्मेवारीविहीन भूमिकामा हाइसञ्चो भएर बस्नु, कराइरहने यात्रुहरूको गालीगलौज सुन्नु नियमित काम जस्तो भइसकेको छ । मानौं कि हरेक दिन ती बोर्डिङ पास च्यात्न र प्यासेन्जर कन्फर्म गर्न मात्र हैन यात्रुसँग झगडा गर्नका निम्ति पनि तयारी अवस्थामा उपस्थित हुन्छन् । तिनका आँखाका भाकाहरूमा झगडाका चित्रण देख्न कुनै साइकोलोजिस्ट डाक्टर हुनुपर्दैन ।

आन्तरिक टर्मिनल नै थर्किने गरी यात्रुहरू कराइरहन्छन्, किन डिले ? कसरी डिले ? डिले त बढीमा ३० मिनेट हुन्छ, यो ३ घण्टा कसरी डिले ? विमान छैन भने किन टिकट काटिदिएको ? हामी बसमै गएको भएपनि यतिबेला सम्म आधी बाटो पुगिन्थ्यो । हाम्रो समयको क्षतिपूर्ति कसले दिन्छ ? हामिलाई खाना ककले दिन्छ ? पैसा छैन खाजा कसले खुवाउँछ ? विमान उड्दैन भने पैसा फिर्ता गर, हामी जान्छौं । यात्रुसँग खेलबाड किन भइरहेछ, सरकार कहाँ छ ?

यी तमाम प्रश्न, गुनासो र बेथितिका हल्लाहरू आफ्नै कानका अगाडि गुञ्जिएर पनि त्यो मोटे केटाले फेरि यात्रुलाई प्रश्न गर्छ– ‘होइन, के भयो ?’ त्यति नै बेला एक बुढीआमाले हँस्यौली पारामा भनिन्, ‘केही भएको छैन भाइ, बुद्ध एयर मर्‍यो रे ! काजकिरिया गर्नुपर्‍यो ।’ 

ती बजैको प्रतिवाद सुनेर आक्रोशले भरिपूर्ण त्यो बुद्ध एयरको काउन्टर वरिपरि मैरीको गोला झैं झुम्मिएका यात्रुहरू एकपटक खित्का छाडेर गलललल हाँसे । यो पङ्तिकारले मनमनै गम खायो, जस्तोसुकै पीडामा पनि नेपालीहरू हाँस्न सक्छन् भनेको यही होला । जब मानिसहरू इथिक्स बुझ्दैनन्, रुल्स रेगुलेसन जान्दैनन्, ह्युमन राइट्स र टाइमको इम्पोर्टेन्ट बुझ्दैनन, हो तब यसरी नै हाँस्ने हो ।

झगडाको बीचमा गललल हाँसो सुनेर माउन्टेन फ्लाइटका लागि तम्तयार रहेका विदेशी यात्रु छक्क परे । कहिले झगडा गर्छन्, कहिले हाँस्छन् भनेर होला एक जना रसियन नागरिकले सोधे– ‘ह्वाट्स गोइन अन हियर, एभ्रिथिङ ओके ?’ मैले भनें, ‘आवर पिपुल्स माइण्ड ह्याज बिन ग्राउन्डेड !’

झगडाको मञ्चमा अन्य युवा पनि थपिए । कसैले  हामी तिर्खाएका छौं भने,  कसैले भोकाएका छौं भने, कसैले मेडिसिन घरमै छ भने, कसैले सिकिस्त आमा लिन जान लागेको किन पीडा दिएको भने, कसैले विवाहको कार्यक्रम नै सकियो, म भोलि जाने ? भनेर प्रश्न गरे । एक जनाले त ठूलाबाको मलामी भेट्न हिँडेका नि भने । यात्रुका दुःख आ–आफ्ना थिए । 

झगडा स्वभाविक थियो, किनभने यस्तै हतारको काम छिटो गर्न पैसा सापटी मागेर भएपनि मानिसहरू जहाज चढ्छन् । जहाज चढ्ने किन ? प्रश्न यहाँनेर उठ्छ । धेरै सेवा–सुविधाका लागि उड्छन् । पैसा हुनेहरू शोखका लागि पनि उड्छन् । तर नेपालको सन्दर्भमा धेरै त हतारमा काम हुनेहरू उडेको भेटिन्छन् । तर जब हतार–हतार आन्तरिक टर्मिनल पुगिन्छ, त्यो किनै लामो दूरीको बसपार्क जस्तो लाग्छ । बसपार्कमा भन्दा धेरै तनाव त्यहाँ हुन्छ । बरू बस त समया छुट्छ, तर विमान उड्छ कि उड्दैन यसै भन्न सकिन्न । 

‘मलाई भात खान दिन्छस् ? मसँग पैसा छैन नास्ता खान दिन्छस् ?’ यसरी एकोहोरो प्रश्न गरिरहेका थिए एक युवा । उनी ११ बजेर ४० मिनेटको उडान हुनेगरी टिकट काटेर विराटनगरको यात्रामा निस्किएका थिए । तर बुद्ध एयरको काउन्टरमा रहेका कर्मचारीको मुखमा त्यो प्रश्नको उत्तर थिएन । तिनीहरू केवल मुखामुख गरेर बसेका थिए । ती युवाको उडान धकेलिँदै–धकेलिँदै ४ बजेसम्म पुगेको थियो । ती युवा भोकाएका थिए, विराटनगरमा पाकिरहेको भात चिसो भैसकेको थियो ।

सबै गन्तव्यका यात्रुहरू बुद्ध एयरका कर्मचारीसँग यसरी नै कराइरहेका थिए । आन्तरिक कक्षको वातावरण एकदम ध्वनि प्रदूषित भइरहेको थियो । पालैपालो यात्रुहरू चिच्चाइरहेका थिए । फरक–फरक गन्तव्यका यात्रुहरू एकै स्वरमा चिच्चाइरहेका थिए– तिम्रो मालिकलाई बोलाऊ, म्यानेजरलाई बोलाऊ । तर विचरा कर्मचारीहरू के गरुन्, वाकीटकीमा कुरा जरेजस्तो गरेर आफूलाई गालीबाट जोगाइरहेका थिए । घण्टौंसम्म झगडा हुँदा समेत बुद्ध एयरका जिम्मेवार मानिस कोही आएनन् । रिसाएका यात्रुलाई सम्झाउने काम ‘बोर्डिङ पास’ च्यात्ने कर्मचारीको हातमा थियो ।

हो यो सत्यता स्वीकार गर्नुपर्छ– बुद्ध एयरले देशको उडान क्षेत्रमा निकै ठूलो योगदान गरेको छ, तर यसरी दैनिकजसो यात्रुसँग झगडा, मनमुटाव अनि विमानस्थलमा ध्वनि प्रदूषण गराउने अधिकार उनीहरूलाई नुहुनुपर्ने हो । विमान सेवा निजी कम्पनीको होला, तर विमानस्थल त नेपालको हो । विमानस्थलसँग देशको इज्यत र प्रतिष्ठा जोडिएको हुन्छ । तपाईंहरू आफैं अनुमान गर्नुहोस्, एक दिन हैन, दुई दिन हैन हरेक दिन यात्रुसँग झगडा विमान कम्पनीका लागि पनि राम्रो भयो त ?

हामी सबैलाई थाहा भएको कुरा हो, कुनैपनि देशको विमानस्थलमा हुने गतिविधिले त्यो देशको प्रतिष्ठाको प्रतिबिम्ब झल्काउँछ । अझ हाम्रो जस्तो पर्यटकीय देशको विमानस्थलमा हुने गतिविधिहरूको कति धेरै महत्त्व छ, त्यो अनुमान गर्न सकिन्छ । पक्कै पनि विदेश घुमेकाहरूले नजिकबाट नियालेकै होलान् विमानस्थलको भव्यता र सभ्यता कस्तो हुन्छ भनेर । कुनैपनि देशका नागरिक तथा कर्माचरीको संस्कार र अनुशासन कस्तो छ, त्यसको झलक विमानस्थलमा देखिन्छ । 

आजभोलि त्रिभुवन विमानस्थलको आन्तरिक उडानको बोर्डिङ पासको गेटमा झगडा नभएको कुनै दिन हुन्न । स्वदेशी, विदेशीहरू छक्क परेर बसिरहेका हुन्छन् । रमाइलो अनुभूति के छ भने, म जब आन्तरिक उडानमा जान्छु, कुनै न कुनै विषयमा झगडा भइरहेको देख्छु । नेपाली यात्रुहरू त झगडा गर्छन्, तर विदेशी यात्रुहरू जो बिदामा नेपाल घुमेर रमाइलो गर्न आएका हुन्छन् उनीहरूको मुहारमा एक किसिमको हाँसो देखिन्छ, जुन अपमानको हाँसो एक स्वाभिमानी नेपालीका निम्ति हेर्नलायक हुँदैन । 

पहिलो कुरा त आन्तरिक उडानको प्रवेश कक्षमा भेडाबाख्रा  छन् कि मानिसहरू छन् पहिचान गर्न मुस्किल हुन्छ । दोस्रो कुरा त्यहाँ हुने झगडा, लफडा र चिच्चाहटको कोलाहलले हामीजस्तो हाममा किताब बोकेर हिँड्ने एकलब्य शान्तिप्रिय फकीरहरूको दिमागमा निकै ठूलो असर पुग्छ । चर्पी, चुरोट र कफी शपबाट आउने फ्राइ राइसको गन्ध अनि मानिसहरूको भीडभाडबाट निस्किने एक किसिमको गन्धबाट सभ्यता र संस्कार चाहने यात्रुहरू आजित नै हुन्छन् ।

मलाई पोखरा उडाएर लैजाने भनिएको जहाज विराटनगरको आकाशतिर उडिरहेको थियो । उडान राडारमा पनि त्यही देखियो । जहाज कम तर यात्रु धेरै भएका कारण यस्तो भएको भने हैन । यात्रुहरूलाई २ घण्टा डिले सहने बानी परिसकेका कारण हरेक उडानहरू पछाडि धकेल्दै–धलेक्दै लगिएको हुने रहेछ । 

आन्तरिक उडानमा सकभर यो पङ्तिकारले बुद्ध एयर नै रोज्ने गरेको छ । पोखरा जाँदा होस् वा विराटनगर, भरतपुर जाँदा होस् वा बानारस, बुद्ध एयरमै उड्ने गरेको छ । ट्राभल एजेन्सीहरूले विमानबारे प्रश्न सोध्दा शुरूमा नै बुद्ध एयर भन्ने गरेको छु । तर खै किन हो पछिल्लो समयमा बुद्ध एयरसँगको उडान त्यति सुखद हुन सकेको छैन । यो मेरो मात्रै अनुभव नहुन पनि सक्छ । हुन त बुद्ध एयरले टन्नै पैसा कमाइसक्यो अब यात्रुको सहजतासँग के सरोकार भन्नेहरू पनि धेरै छन्। 

नक्कली ट्राफिक जाम पनि खडा हुने रहेछ । बुद्ध एयरको काउन्टरमा जहाज डिले हुँदा झगडा हुन्छ, तर कर्मचारीहरूको बनावटी जवाफ हुन्छ, आज ट्राफिक जाम छ । हेर्नुहोस्, आजभोलि ट्राफिक जामको सुविधा हेर्नका लागि सामान्य मोबाइल एप्स काफी छ । माघ महिनाको पहिलो हप्ता म पोखरा जाँदै थिएँ । उडान तालिका सर्दैसर्दै बिहान ८ बजेबाट दिउँसो ३ बजे पुगिसकेको थियो । कर्मचारीहरू ट्राफिक जामका कारण उडान भर्न नसकिएको जानकारी दिँदै थिए ।  तर त्यतिबेला ‘उडान ट्र्याकरको एप्स’मा नेपाली आकाशमा त्यस्तो कुनै ट्राफिक जाम भएको देखिँदैनथ्यो । अरु जहाज उडिरहेका थिए, बसिरहेका थिए । आँखै अगाडि सौर्य एरलाइन्सले ४ फेर आउजाउ गरिसकेको थियो ।

बुझ्दै जाँदा त मलाई पोखरा उडाएर लैजाने भनिएको जहाज विराटनगरको आकाशतिर उडिरहेको थियो । उडान राडारमा पनि त्यही देखियो । शायद त्यही जहाज भरतपुर पनि पुगेको हुन सक्छ । जहाज कम तर यात्रु धेरै भएका कारण यस्तो भएको भने हैन । यात्रुहरूलाई २ घण्टा डिले सहने बानी परिसकेका कारण हरेक उडानहरू पछाडि धकेल्दै–धलेक्दै लगिएको हुने रहेछ । 

अन्त्यमा, पशुपतिनाथको जिम्मामा मात्रै देशलाई कतिञ्जेल सुम्पिने ? सेवाका नाममा बुद्ध एयरलगायत निजी विमान सेवा कम्पनीहरूले यात्रुहरूलाई दिएको सास्तीबारे सरोकारवाला निकायहरूको चाँडै ध्यान पुगोस् ।
आगे हजुरहरूको मर्जी !

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०८०

उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...

पुस ११, २०८०

नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...

कात्तिक ३०, २०८०

कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...

पुस ४, २०८०

डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...

पुस १९, २०८०

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...

कात्तिक ३०, २०८०

केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x