×

NMB BANK
NIC ASIA

प्रसिद्ध धर्मगुरु शिवकुमार स्वामीको १११ बर्षमा निधन

माघ ७, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

नयाँ दिल्ली-  भारतको दक्षिणपश्चिमी राज्य कर्नाटकमा सोमबार १११ बर्षका धर्मगुरु शिवकुमार स्वामीको निधन भएको छ । 

Muktinath Bank

उहाँलाई शिद्धगंगा मठका स्वामीका रुपमा चिन्ने गरिएको भारतीय समाचार माध्यमहरुले जनाएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सन्त शिवकुमारको विगत दुई हप्तादेखि अस्वस्थ भएपछि अस्पतालमा भर्ना गरेर उपचार भइरहेको थियो । 


Advertisment
Nabil box
Kumari

कर्नाटकको राजधानी बेङ्गलोरदेखि झण्डै ७० किलोमिटर टाढा पर्ने टुमाकुरुमा रहेको अस्पतालमा उहाँलाई भर्ना गरिएको थियो । 

Vianet communication
Laxmi Bank

“आदरणीय सन्त स्वामीजीको आज बिहान ११.४४ मा निधन भएको छ । फोक्सोमा भएको संक्रमणको उपचार सफल हुन नसकेपछि उहाँको निधन भएको हो,” कर्नाटकका मुख्य मन्त्री एच.डी कुमारस्वामीले संचारकर्मीहरुसँग भन्नुभयो । 

स्थानीय सरकारी अधिकारीहरुले मंगलबार उहाँको अन्तिम संस्कार हुनसक्ने बताएका छन् । अन्त्यष्टिका क्रममा उहाँलाई राज्यको तर्फबाट पूर्ण सम्मान दिइने पनि अधिकारीहरुको भनाई छ । 

उहाँ लामो समयदेखि स्वासप्रश्वास सम्वन्धी समस्याबाट ग्रसित हुनुहुन्थ्यो । उहाँका समर्थकहरुले उहाँलाई “पृथ्वीमा भएका भगवान”का रुपमा व्याख्या गर्दथे । शिवकुमार स्वामीका लाखौको सङ्ख्यामा प्रवर्तक रहेका छन् । 
उहाँका समर्थकहरुले आफ्नो जीवनमा स्वामीकै कारण धेरै परिवर्तन र सकारात्मक प्रभाव परेको बताउने गर्छन् । 

उहाँलाई भारतका शिर्ष नेताहरुले पनि बेला बेलामा भेटेर आशिर्वाद लिने गरेका थिए भने अहिले उहाँको निधनको खवर पाएपछि दुःख व्यक्त गरेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीटरमार्फत शोक सन्देश व्यक्त गर्नुभएको छ । 

प्रधानमन्त्रीको सन्देशमा भनिएको छ,“धर्मगुरू डा श्री श्री श्री शिवकुमार स्वामिगालुका कार्यले उहाँ गरीब र पीडामा बाँचेका नागरिकको मुक्तिका लागि जन्मिनु भएको हो । उहाँले आफ्नौ सक्रियतामा गरिबी उन्मुलन, भोका जनता तथा सामाजिक न्यायका लागि प्रतिवद्ध धर्मगुरू हुनुहुन्थ्यो । यस घडीमा उहाँप्रति सम्मानसहित र उहाँका विश्वभरी छरिएर रहेका अनगिन्ती प्रवर्तकमा हार्दिक समवेदना व्यक्त गर्दछु ।” रासस/सिन्ह्वा

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २९, २०८०

महाभारतको युद्धमा धेरै शूरवीरले आफ्नो प्राण को आहुति दिएका थिए । यो यस्तो युद्ध थियो जसले कुरुक्षेत्र को धरतीलाई रक्तरंजित बनाएको थियो ।  रगत यति धेरै बगेको थियो कि आज पनि उक्त स्थानको माटो रातो छ ।&...

कात्तिक १७, २०८०

काठमाडौं -केही मानिस धार्मिक मान्यताका कारण लसुन र प्याज खाँदैनन् । विशेषगरी ब्राह्मणहरू लसुन प्याज खाँदैनन् । यसरी नखानुका वैज्ञानिक र धार्मिक कारण छन् । आयुर्वेदका अनुसार खाद्य पदार्थलाई तीनवटा श्रेणीमा बाँड...

कात्तिक २८, २०८०

वास्तुशास्त्र अनुसार घरमा कुन ठाउँमा के कुरा राख्ने नियमको पालना गर्दा सुखसमृद्धि प्राप्त हुन्छ । वास्तु पालन नगर्दा भने स्वास्थ्य र धनहानिका अलावा अन्य धेरै समस्याबाट ग्रस्त भइन्छ । खराब भएको र टुटेफुटेको सामान घ...

मंसिर १६, २०८०

महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीहरूको म...

कात्तिक २१, २०८०

घरमा माउसुली देखिनु एक सामान्य घटना हो । सामान्यरुपमा हेर्दा यो एक जीव हो तर जीव जन्तु मनुष्यको प्रकृतिको एक महत्वपूर्ण हिस्सा मान्ने हिन्दू शास्त्रमा माउसुली बारे जोडिएको गतिविधिबारे विस्तृत जानकारी छ ।...

मंसिर १०, २०८०

काठमाडौं, — हिन्दू धर्मले सहगोत्रीका बीच विवाह गर्न नहुने विधान गरेको छ । गोत्र भनेको वंश र कुल हो । प्रत्येक नयाँ पुस्तालाई गोत्रले जोड्ने काम गर्छ । जस्तो, कसैको भारद्वाज गोत्र छ भने त्यो व्यक्ति भरद्वा...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x