कात्तिक १८, २०८०
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
इलाम | बैशाख १२, २०८१
इलाम–२ उपचुनावअन्तर्गत नेपाली कांग्रेसले उम्मेदवार बनाएका डम्बर खड्का निर्माण व्यवसायी हुन् । आफ्नो क्षेत्रमा उनले ठेक्का पाएका कतिपय योजनाहरू अहिले पनि अलपत्र छन् । भन्ज्याङ–बेलासे सडक अलपत्र बनाएको आरोप उनीमाथि छ । वसन्त नेम्वाङ भौतिक पूर्वाधार विकास मन्त्री भएको बेला भन्ज्याङ–बेलासे सडकको ठेक्का लागेको थियो । इलाम बजारबाट बिर्तामोड जाने ‘फास्ट ट्र्याक’का रूपमा समेत बाटोलाई लिने गरिएको छ । यो सडकको म्याद थपसमेत भएको छैन । खड्काले म्याद थपका लागि निवेदन भने दिएका छन् । डम्बरले योजनामा काम गर्ने मजदुरलाई समेत पारिश्रमिक नदिएको आरोप छ । यिनै नाराहरूलाई विपक्षीहरूले भित्रभित्रै मुद्दा बनाइरहेका छन् ।
उनी पार्टीभित्र संस्थापन पक्षका मान्छिन् । उनलाई गुट मिलाउन पनि हैरान परेको कांग्रेसकै नेताहरू बताउँछन् । डम्बरको विपक्षमा ५ वटा गुट रहेको कांग्रेस नेताहरूको भनाइ छ । स्थापन इतरका भेषराज आचार्यलगायत नेताहरू समेत वैशाख ४ गतेसम्म चुनावी अभियानमा सक्रिय थिएनन् । तर, कांग्रेस नेता डा. शेखर कोइरालाको निर्देशनपछि आचार्य फिल्डमा हिँड्न थालेका छन् । चुनावी अभियानमा खटे पनि उनी निराश रहेको उनको सम्बोधनले देखाउँछ । उनले सम्बोधनका क्रममा आफूले ३९ वर्षसम्म पार्टीमा काम गरेको तर, अवसर नपाएको गुनासो गर्ने गरेका छन् । आचार्यलाई स्वच्छ छवि भएको नेता भनेर चिन्ने गरिएको छ । स्थानीय कमिटी, क्षेत्रीय तथा जिल्ला कमिटीले समेत पहिलो नम्बरमा आचार्यको नाम सिफारिस गरेको थियो ।
इलाम बहुमुखी क्याम्पसका सहप्राध्यापक दीपेन्द्र दुलालले पनि कांग्रेसमा गुट र उपगुट रहेको बताए । बहुमत वडा सभापतिदेखि स्थानीय तहका जनप्रतिनिधिसमेत खुलेर नहिँडेको उनले बताए ।
इलामका ४२ वटा वडा यस क्षेत्रमा पर्छन् । त्यसमध्ये ३७ जना वडा सभापतिहरूले आचार्यको नाम सिफारिस गरेको उनी निकटका नेताहरू बताउँछन् । डम्बरको नाम तेस्रो नम्बरमा सिफारिस भएको थियो । ‘भेषराज दाइको नाम स्थानीय, क्षेत्रीय, जिल्ला कमिटी हुँदै प्रदेश कमिटीले पनि पहिलो नम्बरमा सिफारिस गरेको थियो,’ कांग्रेसका जिल्ला स्तरका एक नेताले भने, ‘केन्द्रमा पहुँचका भरमा खड्काले टिकट ल्याउनुभयो । त्यसको असर जिल्लामा प्रत्यक्ष पर्ने अनुमान गरेका छौं ।’ गत निर्वाचनमा असहयोग गरेको भन्दै आचार्यसहित २६ जनालाई कारवाही गर्न खड्काले केन्द्रीय कमिटीमा सिफारिस गरेका थिए ।
तर, इतर समूहका नेता शेखर कोइराला र महामन्त्री गगन थापालगायत भने खड्कालाई चुनाव जिताउन कम्मर कसेर लागेका छन् । महामन्त्री थापा दुईपटक यो क्षेत्रमा आएर मत चुनावी अभियानमा सामेल भए । २०८४ मा गठबन्धन नगरी चुनाव जिताउन सकिन्छ भनेर सन्देश दिने प्रमुख समय भएको नेताहरूको भनाइ छ ।
सभापति शेरबहादुर देउवालाई गठबन्धन चाहिँदैन, कांग्रेस एकलै चुनाव लड्न सक्छ भन्ने सन्देश दिने उनीहरूको तयारी छ । इलाममा कांग्रेस विभाजित छैन भन्ने सन्देश दिन पनि संस्थापन इतरका नेताहरूले इलाम–२ लाई प्राथमिकता दिएका छन् । आचार्यलाई समेत केन्द्रीय सदस्य दिने आश्वासन सभापति देउवाले दिएको संस्थापन पक्षका नेताहरूले बताएका छन् । तर, आचार्यले भने आफूलाई कुनै पनि आश्वासन नदिएको बताएका छन् । केन्द्रीय सदस्य केशव बुढाथोकीको निधन भएपछि आचार्यलाई केन्द्रीय सदय बनाउने भनेर संस्थापन पक्षले प्रचार गरिरहेको छ ।
यसपटक आचार्यले चुनाव जिताए २०८४ मा डम्बरले दाबी नगर्ने सहमति भएको पनि उनी निकटका नेताहरू बताउँछन् । यसपटक कांग्रेस एक ढिक्का भएर चुनाव जित्ने पूर्वकेन्द्रीय सदस्य बेनुप प्रसाईँले बताए ।
डम्बरले चुनाव प्रचारमा नानुका आचार्यलाई समेत प्रयोग गर्ने गरेका छन् । नानुका संसद् भवनअगाडि शरीरमा पेट्रोल लगाएर आत्महत्या गरेका प्रेम आचार्यकी श्रीमती हुन् । प्रेम आचार्य पनि इलामकै हुन् । कांग्रेसले सहयोग गरेको सन्देश दिन पूर्वस्वास्थ्य मन्त्री मोहन बस्नेतले नानुकालाई इलामसम्म ल्याएका थिए ।
यी पनि पढ्नुहोस्
फरक सन्देश दिइरहेको इलामको उपचुनावः शालीन उम्मेदवार, शान्त मतदाता !
इलाम-२ उपचुनावः रास्वपालाई ‘सहकारी’ भारी, कांग्रेस-एमालेलाई 'मुढा'को चुनौती
इलाम-२ उपचुनाव: सहकारीका प्रश्नले घेरिन्छन् वाग्ले, तर्कीतर्की हिँड्छन् लामिछाने
इलामको चुनावी मैदानमा फरक देखिएका सुहाङ– बुवाकै शैली, मतदाता रिझाउने मिजास !
इलाम-२ उपनिर्वाचनः ‘मिसन ०८४’ हेरिरहेका दललाई आफ्नै शक्ति जाँच्ने अवसर
इलाम-२ उपचुनाव: प्रचारमा केन्द्रीय नेताको लर्को, नयाँ मतदाता अझै अन्योलमा
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...