मन्त्रीको निजी अस्पतालमा नर्सको शव झुण्डिएको अवस्थामा फेला

बैशाख ८, २०७६

जनकपुरधाम – जनकपुरधामस्थित जानकी हेल्थ केयर एन्ड टिचिङ हस्पिटल प्रालिमा १ जना नर्स पासो लगाएर झुण्डिएको अवस्थामा शव फेला परेको छ ।

संघीय सरकारका स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादवले सञ्चालन गरेको निजी अस्पतालमा कार्यरत नर्स अस्पताल परिसरको शौचालयमा झुण्डिएको अवस्थामा फेला परेकी हुन् ।


ADVERTISEMENT

महोत्तरी गौशाला नगरपालिकाको रामनगरकी नर्स रक्षा आले अस्पताल परिसरभित्र रहेको निवासमा बस्दै आएकी थिइन् । जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी रामेश्वर कार्कीका अनुसार घटनाको अनुसन्धान भइरहेको छ ।

संघीय समाजवादी फोरम नेपालका प्रदेश सांसद कौशल यादव समेत घटनास्थल पुगेका छन् । सांसद यादव पनि अस्पतालका सञ्चालक हुन् । सप्तरीका प्रतिनिधिसभा सदस्य डा. सूर्यनारायण यादव पनि अस्पतालका सञ्चालक हुन् । उनी पनि फोरमबाट चुनाव जितेका हुन् ।

बैशाख ८, २०७६ मा प्रकाशित

अजय अनुरागी

अजय अनुरागी लोकान्तरका लागि प्रदेश नम्बर दुई प्रतिनिधि हुन् । 

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस