प्रधानमन्त्री मोदीले भोट हाल्नुअघि ढोगे आमालाई

बैशाख १०, २०७६

काठमाडौं – भारतमा लोकसभा निर्वाचनको तेस्रो चरणको मतदान मंगलवार भइरहेको छ । लोकसभाको ११७ सीटका लागि विभिन्न राज्यमा मतदान भइरहेको हो ।

प्रधानमन्त्री नरेन्द्र मोदीले गुजरातको रानिप मतदान केन्द्रमा मतदान गरेका छन् । मतदान गर्नुअघि उनले गान्धीनगरमा आफ्नी आमा हीराबेनसँग भेटघाट गरे । त्यसक्रममा उनले आमाको गोडा छोएर आशीर्वाद लिए । 


ADVERTISEMENT

आमाले मोदीलाई आशीर्वादस्वरूप एउटा नरिवल, मिश्री र ५०० भारु दिइन् । 

आमाको आशीर्वाद लिएपछि मोदीले खुला जीपमा चढेर मतदान केन्द्र पुगेर मतदान गरे । 

गुजरात पुग्दा प्रधानमन्त्री मोदी आमालाई अवश्य भेट्छन् । उनी आफ्नी आमाको निकै नजिक छन् । 

गान्धीनगर लोकसभा सीटबाट भाजपा राष्ट्रिय अध्यक्ष अमित शाह चुनाव लडिरहेका छन् । 

मतदान गरेपछि प्रधानमन्त्री मोदीले भने, ‘कुम्भको मेलामा स्नान गर्दा पवित्रता अनुभव भएजस्तै लोकतन्त्रको महापर्वमा भोट दिँदा पवित्रताको अनुभव गरिरहेको छु ।’

प्रधानमन्त्री मोदीले मानिसहरूलाई भोट गर्न अपील समेत गरे ।

एजेन्सी
 

बैशाख १०, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस