‘छक्का पञ्जा २’ पुनः प्रदर्शनमा, मल्टिप्लेक्समा पाएन शो

बैशाख १३, २०७६

काठमाडौं- दुई वर्ष अगाडी प्रदर्शनमा आएको सुपरहिट चलचित्र ‘छक्का पञ्जा २’ पुनः प्रदर्शनमा आएको छ । दर्शकहरुको चाहना बमोजिक चलचित्र पुनः प्रदर्शनमा ल्याईएको निर्माता तथा कलाकार दीपकराज गिरीले जानकारी दिए । 

चलचित्र युट्युबमा सार्वजनिक गरिएको छैन । युट्युबमा चलचित्र पर्खेर बस्ने दर्शक धेरै छन् । तर, निर्माण टिमले युट्युबमा रिलिज गर्नुभन्दा अगाडी पुनः हलमा रिलिज गरेको हो । 


ADVERTISEMENT

चलचित्रले राजधानीका कुनै पनि मल्टिप्लेक्स हलहरुमा एक शोज पनि पाएको छैन् । सिंगल स्क्रिनका हलमा मात्र चलचित्र प्रदर्शनमा आएको छ । 

उपत्यका बाहिरका ५० सिंगल हल र राजधानीका दर्जन बढी सिंगल हलहरुमा मात्र चलचित्र पुनः प्रदर्शनमा आएको निर्देशक दीपाश्री निरौलाले जानकारी दिईन् । 

चलचित्रले गरेको व्यापारको ५० प्रतिशत समाजसेवामा खर्चिने निर्माण टिमले जनाएको छ । चलचित्रमा दीपकराज गिरी, प्रियंका कार्की, जितु नेपाल, केदार घिमिरे, बुद्धि तामाङ्ग, शिवहरी पौडेल, स्वरुपपुरुष ढकाल, स्वस्तिमा खड्का, वर्षा राउत लगायतको अभिनय छ । चलचित्रले डिपेडेन्ट भिषामा अमेरिका जान लालायित युवाको विविध पक्षको कथालाई उठाएको छ ।

त्यस्तै आजबाटै नेपाली चलचित्र ‘कालो वर्ष’ प्रदर्शनमा आएको छ ।

लक्षु गौतमको निर्देशन रहेको ‘कालो वर्ष’ मा ओकेश पनेरु र अनुपा खड्का प्रमुख भूमिकामा छन् । चलचित्रमा पवन भट्टराई, सुरेन्द्र बुढा, रश्मी शाह, रविन भुलेज लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ ।

बैशाख १३, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार