कात्तिक २१, २०८०
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
जनकपुरधाम – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको नयाँशक्ति पार्टीसँग एकीकरण गर्ने भनेर संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबीच कुराकानी चलिरहेको थियो ।
एकाएक शनिवार नयाँशक्ति र फोरमबीच एकीकरणको सहमति भयो । तर एकीकरण प्रक्रियामा राजपा कता छुट्यो ?
एकीकरणको चर्चामा सबैभन्दा पहिला राजपा र फोरमबीच पार्टी एकताका लागि औपचारिक रुपमा पत्र आदानप्रदान नै भएको थियो । दुवै पार्टीले कार्यदल गठन गरेर वार्ता समिति पनि गठन गरेको थियो ।
तर वार्ता प्रक्रियामा सामिल हुनुभन्दा पनि सामाजिक सञ्जाल र मिडियामा मात्र पत्र आदानप्रदान गर्दै समय खेर गइरहेको अवस्थामा फोरमले भने भित्रभित्रै नयाँशक्तिसँग पार्टी एकताका लागि औपचारिक र अनौपचारिक छलफल थालिसकेको थियो ।
वैशाख २३ गते दुवै पार्टीबीच एकता हुने समाचार बाहिरिएपछि राजपा नेपालले पनि चासो लियो । राजपा नेपालका अध्यक्ष मण्डलका सदस्यहरू महन्थ ठाकुर र राजेन्द्र महतो नयाँशक्ति पार्टीको कार्यालयमै पुगेर पार्टी एकता गर्न तयार रहेको प्रस्ताव राखेका थिए । त्यतिबेला बाबुराम भट्टराईको कार्यकक्षमा फोरमका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमुक्ति मोर्चाका परशुराम खापुङ पनि थिए ।
एकताको लागि सहमति करीब–करीब अन्तिम बिन्दुमा पुगिसकेको नयाँशक्ति र फोरमको वार्ता चलिरहेकै बेला राजपाको नाटकीय ढंगले प्रवेश भएपछि उपेन्द्र यादव झस्किएका थिए ।
राजपा नेपालका केन्द्रीय उपाध्यक्ष तथा राजपाको वार्ता समितिका सदस्य वृषेशचन्द्र लालले बिहीवारको बैठकमा राजपाले एकताको लागि प्रस्ताव गर्दा नयाँशक्तिका संयोजक डा. बाबुराम भट्टराई अत्यन्त सकारात्मक देखिएका बताए । तर परशुराम खापुङले भने एकताभन्दा पनि गठबन्धन गरेर मात्र जान सकिने प्रस्ताव राखेका थिए । त्यो दिन वार्ता चलिरहेकै बेला फोरम अध्यक्ष यादव बैठकबाट बाहिरिएका थिए ।
त्यतिबेला बैठक सकिएपनि पछि फोरम र नयाँशक्तिबीच पार्टी एकताको बैठकले निरन्तरता पायो । त्यसपछि शनिवार पनि राजपा, फोरम र नयाँशक्ति पार्टीबीच बैठक बसेको थियो ।
बैठकमा सहभागी राष्ट्रियसभा सदस्य समेत रहेका लालका अनुसार ३ वटै पार्टी एकीकरण गरेर अगाडि जाऊ भन्ने राजपाको प्रस्तावलाई फोरम अध्यक्ष उपेन्द्र यादवले अस्वीकार गरेका छन् । ‘नयाँशक्ति र हामीबीच पार्टी एकीकरण गर्ने कुराको सबै कुरा टुंग्याइसकेका छौं, पहिले हामी आफ्नो एकतालाई घोषणा गर्छौं,’ उपेन्द्र यादवको भनाइ उदृत गर्दै लालले भने, ‘हाम्रो एकता भइसकेपछि तपाईंको पार्टीसंग पनि एकीकरण गरौंला भन्दै उपेन्द्रजीले जवाफ दिनुभयो ।’
फोरम सरकारमा रहेको अवस्थामा पार्टी एकता गरेपछि एकीकृत पार्टी पनि सरकारबाट बाहिरिनुपर्ने, संविधान संशोधनको विषयबारे पनि टुंग्याउनुपर्ने भन्दै विभिन्न विषयमा छलफल भइरहेको अवस्थामा एकाएक पार्टी एकताको सहमति भएपछि राजपा तत्काल पार्टी एकताको प्रयासबाट पछाडि हटेको लालले बताए ।
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...