फोक्सुण्डोमा युवा मृत फेला

जेठ ७, २०७६

डोल्पा- डोल्पाको शे–फोक्सुण्डो खोलामा जुम्लाका एक युवाको शव फेला परेको छ । शे–फोक्सुण्डो गाउँपालिका–८ लामागडास्थित फोक्सुण्डो खोलामा शव भेटिएको हो । 

जुम्ला पातारासी गाउँपालिका–६ का २२ वर्षीय गोपाल विष्टको शव भेटिएको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत गोपाल खनालले जानकारी दिए । खोला किनारमा ढुंगाले छोपेर राखेको अवस्थामा उनको शव भेटिएको हो ।


ADVERTISEMENT

खच्चडसँगै रहेका गोठालाले शव देखेपछि निकुञ्ज कार्यालयलाई खबर गरेका थिए । मृतक यार्सागुम्बा संकलक भएको अनुमान गरिएको छ । प्रहरी निरीक्षक शुभराज बमको नेतृत्वमा ९ जनाको प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान शुरू गरेको छ । 

जेठ ७, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस