माघ ८, २०८०
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...
असार ५, २०७६
सुर्खेत – विगत आठ वर्षदेखि सुर्खेतको चौकुनेमा सिमेन्ट कारखाना खोल्ने भन्दै तयारी गरेका उद्योगपति अजयराज सुमार्गीले २०७७ भदौमा कारखानाको उदघाटन गर्ने गरी अघि बढेको बताएका छन् ।
बिहीवार वीरेन्द्रनगरमा सुर्खेत उद्योग वाणिज्य संघसँगको अन्तरक्रियामा उनले २ अर्ब बराबरको लगानी गरी चौकुनेमा सिमेन्ट कारखाना निर्माण गरिने बताए ।
‘म दुई अर्बको लगानी गरेर अर्को वर्षको भदौमा सिमेन्ट उत्पादन गरिछाड्छु,’ सुमार्गीले भने, ‘यहाँ उत्पादन भएको सिमेन्ट दिल्ली र लखनउमा बेच्छु ।’
उनले अब सिमेन्ट कारखाना स्थापनाका बारेमा कुनै पनि शंका नपाल्न कर्णालीवासीलाई आग्रह समेत गरे ।
‘त्यहाँका जग्गादातालाई कारखानामा ५० हजार बराबरको शेयर दिनेछु । कामदारलाई पनि सोही बराबरको शेयर दिनेछु,’ जनतालाई पनि लगानीकर्ताको रूपमा स्थापित गर्ने आफ्नो योजना रहेको बताउँदै उनले भने, ‘मैले त्यस्तो गरेको खण्डमा बन्द र हडताल हुँदैन र कम्पनीले द्रुत गतिमा काम गर्छ ।’
उनले कारखानामा ७ सय जनाले काम पाउने र प्रतिदिन ६ सय मेट्रिक टन सिमेन्ट उत्पादन हुने जानकारी दिए ।
‘अहिले हामीलाई बाटोको समस्या छैन । तिखाकुनाबाट भएर हामी सामान ढुवानी गर्नेछौं,’ उनले भने, ‘तर बिजुलीको समस्या भने छ । यसका लागि हामीले प्रदेश सरकारसँग कुरा गरिरहेका छौं ।’
उनले बिजुली नपुगेसम्म जेनेरेटर चलाएर भएपनि उत्पादन शुरू गरिने प्रतिबद्धता जनाए ।
उनले सुर्खेतका व्यवसायीलाई पाँच लाख घार माहुरी पाल्ने योजनाका साथ अघि बढन आग्रह गरे । ‘पाँच लाख घार माहुरी पाल्ने गरी योजना बनाउनुस् । एक लाख परिवारलाई बाख्रा पाल्न लगाउनुहोस्,’ उनले भने, ‘पैसा नभएकालाई बैंकभन्दा आधा कम व्याजदरमा पैसा दिन्छु, इन्श्योरेन्स गरिदिन्छु । र किनिपनि दिन्छु ।’
उनले कर्णालीमा मासु र मह राख्न कोल्ड स्टोर खोलिदिने बताए ।
कर्णालीमा जडिबुटीको अथाह सम्भावना भएको बताउँदै उनले दुई अर्ब रुपैंया यो क्षेत्रमा लगानी गर्न तयार रहेको बताए ।
‘जडिबुटीको बिउ दिन्छु, मल दिन्छु र प्रशोधन पनि गर्छु अनि जनताबाट खरिद गर्दै बिक्री पनि गर्छु,’ उनले भने, ‘यसका लागि पनि व्यवसायी साथीहरू तयार हुनुस्, दुई अर्ब लगानी गर्न म तयार छु ।’
साथै उनले नेपालमा बैंकहरू मौलाउने र व्यापारीहरू मर्कामा पर्ने गरेको बताए ।
‘कुनै व्यवसाय गर्ने व्यक्ति यहाँ डुबेको छ,’ उनले भने, ‘कुनै बैंक डुबेको देख्नु भएको छ ? मेरै अर्बौ पैंसाको ब्याज बैंकहरूले खाइरहेका छन् । सरकारले न मेरो पैसा फिर्ता लिएको छ न बैंकले मलाई दिएको छ ।’
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...
अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...
नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...
काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...
विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...
मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...