राइनो ५०० डि तथा रिद्धि सिद्धि सिमेन्टको सहायतामा आर्किटेक्चर प्रदर्शनी सम्पन्न

असार ९, २०७६

काठमाडौं- राइनो ५०० डि तथा रिद्धि सिद्धि सिमेन्टको संयुक्त सहकार्यमा वास्तुकला र यसका विभिन्न पक्षका साथै पुनःनिर्माण र नेपालका सम्पदा तथा निर्माणसम्बन्धी सम्पूर्ण विषयहरूको एकै थलोमा विस्तृत जानकारी दिने उद्देश्यले १३ औं राष्ट्रिय ASA आर्किटेक्चर प्रदर्शनी सम्पन्न भएको छ । 

असार ६ गते शुक्रवार शुरू भएको सो प्रदर्शनीमा वास्तुकलाले सामान्य जीवनमा पार्ने असरदेखि विश्वमा रहेको वास्तुकलाको अवस्थाबारे निकै रचनात्मक रूपमा विद्यार्थीहरूले प्रस्तुति दिएका थिए ।


ADVERTISEMENT

पुल्चोकस्थित पुल्चोक इन्जियरिङ कलेज भएको सो तीन दिने प्रदर्शनी आइतवार असार ८ गते समापन भएको थियो । प्रदर्शनीमा वास्तुकलाका साथै विद्यार्थीहरूले चित्रकला, काष्ठकला तथा अरू विषयमा समेत प्रस्तुति गरेका थिए ।

मजबुत निर्माणका लागि गुणस्तरीय सामाग्रीको प्रयोगलाई प्रोत्साहन गर्दै आइरहेको जगदम्बा स्टील्स्को राइनो ५०० डि तथा रिद्धि सिद्धि सिमेन्टले उक्त १३ औं राष्ट्रिय ASA आर्किटेक्चर प्रदर्शनीको आयोजनामा सहायता पुर्‍याएको थियो ।  


 

असार ९, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस