माघ ३, २०८०
राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...
काठमाडौँ - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १५ लाख घुस रकमसहित तीन जना इञ्जिनीयरलाई नियन्त्रणमा लिएको छ ।
जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय, दोलखाका सिनियर डिभिजन ईन्जिनीयर प्रकाश अधिकारी, जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय, सिन्धुपाल्चोकका ईन्जिनीयर भोगेन्द्र साह र सवारी चालक सुमन खड्का शंकास्पद नगद सहित नियन्त्रणमा लिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताएका छन् ।
शनिवार एक प्रेस विज्ञप्ति जारी गर्दै कोइरालाले जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय दोलखाका सिनियर डिभिजन ईन्जिनियर प्रकाश अधिकारीले विभिन्न उपभोक्ता समिति तथा अन्य कम्पनीसँग घुस रकम लिई काठमाडौँ आउँदै गरेको भन्ने सुचनाको आधारमा पक्राउ गरिएको जानकारी दिए ।
उनलाई नियन्त्रणमा लिएर खानतलासि गर्दा जलस्रोत तथा सिंचाई बिकास डिभिजन कार्यालय दोलखाका सिनियर डिभिजन ईन्जिनीयर प्रकाश अधिकारीको साथबाट १३ लाख ३८ हजार ५ सय र सोही गाडिमा रहेका जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय सिन्धुपाल्चोकका ईन्जिनियर भोगेन्द्र साहको साथबाट १ लाख २९ हजार १ सय ५ शंकास्पद नगद फेला परेको थियो ।
हाल पक्राउ परेकाहरूको अनुसन्धान कार्य भइरहेको अख्तियारले बताएको छ ।
राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...
त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...
निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ । ट...
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...
सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...