कात्तिक १७, २०८०
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
साउन २८, २०७६
काठमाडौं – सरकारले काठमाडौं उपत्यकामा निर्माण गर्ने भनिएको बाहिरी चक्रपथ निर्माणको काम अलपत्र परेको छ ।
जग्गा प्राप्तिका सम्बन्धमा निर्णय नहुँदा बाहिरी चक्रपथ निर्माणको काम अलपत्र परेको हो ।
चक्रपथ निर्माणको नियमन गरिरहेको उपत्यका विकास प्राधिकरणले जग्गा प्राप्तिका लागि आवश्यक निर्णय गरिदिन भन्दै शहरी विकास मन्त्रालयमा पठाएको पत्रसमेत पछिल्लो समय हराएको छ ।
उपत्यका विकास प्राधिकरणले जग्गा अधिग्रहणका सम्बन्धमा निर्णय गरिदिन भन्दै पठाएको पत्रबारे थाहा नभएको शहरी विकास मन्त्रालयले जनाएको छ । प्राधिकरणका सूचना अधिकारी केशवप्रसाद न्यौपानेले जग्गा अधिग्रहणका लागि निर्णय गरिदिन २०७५ असारमा शहरी विकास मन्त्रालयमा पत्र पठाएको र पत्रबारे हालसम्म कुनै जानकारी नआएको बताए ।
बाहिरी चक्रपथ आयोजनाका प्रमुख दिलिप भण्डारीले यसअघि नै जग्गा अधिग्रहणबारे निर्णय गरिदिन शहरी विकास मन्त्रालयमा पत्र पठाइएको र त्यसका सम्बन्धमा मन्त्रालयबाट कुनै पनि जानकारी नआएको बताएका थिए ।
मन्त्रालयका सचिव मधुसुदन अधिकारीले जग्गा प्राप्तिका सम्बन्धमा प्राधिकरणबाट आएको पत्रबारे जानकारी नभएको बताए । ‘खै पत्र आएको थियो र ?’ उनले प्रश्न गर्दै भने, ‘आएको छैन होला । मलाई त खासै थाहा भएन ।’
काठमाडौं उपत्यकाका ३ वटै जिल्लालाई जोड्ने गरी बाहिरी चक्रपथ निर्माण गर्ने उद्देश्यका साथ सरकारले चक्रपथ निर्माणको योजना अघि सारेको थियो ।
चक्रपथ निर्माणका लागि मन्त्रिपरिषद्बाट जग्गा प्राप्तिको निर्णय हुनुपर्छ । मन्त्रिपरिषद्मा पेश गरिदिन भन्दै आवश्यक कागजात मन्त्रालयमा पठाएपनि पछिल्लो समय हराएको जनाइएको छ ।
शहरी विकास मन्त्रालयले प्रक्रिया पुर्याएर मन्त्रिपरिषद्मा प्रस्ताव गर्नुपर्ने र मन्त्रिपरिषद्ले जग्गा प्राप्तिका लागि स्पष्ट निर्णय गरेपछि मात्रै जग्गा प्राप्तिको प्रक्रिया अगाडि बढ्ने प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार यसअघि गत वर्ष असारमा पनि जग्गा प्राप्तिका लागि मन्त्रिपरिषद्ले निर्णय गरेको थियो तर निर्णय पूर्ण नभएपछि जग्गा प्राप्तिको काम हुन सकेन ।
प्राधिकरणका अनुसार मन्त्रिपरिषद्ले त्यतिबेला ‘जग्गा प्राप्ति ऐनअनुसार जग्गा प्राप्ति गर्नुपर्ने’ निर्णय गरेको थियो । निर्णयमा ‘२०३४’ छुटेकाले जिल्ला प्रशासन कार्यालयले जग्गा प्राप्तिका लागि सूचना जारी गर्न नमानेको प्राधिकरणका अधिकारी बताउँछन् ।
प्राधिकरणका अनुसार निर्णयमा ‘जग्गा प्राप्ति ऐन २०३४’ अनुसार जग्गा प्राप्ति गर्नु भनेर उल्लेख हुनुपर्नेमा त्यसो नभएकाले जिल्ला प्रशासन कार्यालयले जग्गा प्राप्तिका लागि सूचना जारी नगरेको प्राधिकरणका अधिकारी बताउँछन् ।
सडक खण्डको डीपीआर २०६५ सालमा भएको थियो । नेपालकै फूलब्राइट कन्सल्टेन्टले डीपीआर तयार पारेको थियो । कूल ६६ किलोमिटर लम्बाई रहेको बाहिरी चक्रपथको १० खण्डमा काम गर्ने योजना अनुसार सडक निर्माणका लागि खण्ड छुट्याइएको छ ।
आर्थिक वर्ष २०५५/०५६ मै १० वर्षभित्र सडक सञ्चालनमा ल्याउने योजनासहित सडक खण्डको प्रारम्भिक अध्ययन गरिएको थियो । त्यतिबेला बाहिरी चक्रपथको लम्बाई ७२ किलोमिटर रहने बताइएको थियो ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...