चैत १७, २०८०
चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...
काठमाडौं – भारतको तमिलनाडुस्थित तिरुपुरमा एक व्यक्तिले दुई पत्नी हुँदाहुँदै तेस्रो विवाहको कोशिश गरेपछि दुवै पत्नीले बेस्सरी कुटपिट गरेका छन् ।
दिनेश रासिपलायम नामक २६ वर्षीय व्यक्ति एक निजी कम्पनीमा काम गर्छन् । उनले सन् २०१६ मा तिरुपुरकै प्रियदर्शिनीसँग विवाह गरेका थिए । बिहेको केही दिनपछि नै उनले प्रियदर्शिनीलाई अपशब्द बोल्दै कुटपिट गर्न थालेको आरोप छ । सहन नसकेपछि प्रियदर्शिनीले दिनेशलाई छोडेर माइतमा बस्न थालिन् ।
त्यसपछि सन् २०१९ मा दिनेशले म्याट्रिमोनियल साइटमा भेटिएकी अनुप्रियासँग विवाह गरिन् । अनुप्रिया डिभोर्सी थिइन् । अनुप्रियालाई पनि दिनेशले कुटपिट गर्न थालेको आरोप छ । अपशब्द बोल्ने, कुटपिट गर्ने अनि दाइजो नल्याएको भन्दै व्यंग्य गर्ने काम गरेपछि अनुप्रिया पनि उसलाई छोडेर माइतमा बस्न थालिन् ।
गत साता अनुप्रिया र प्रियदर्शिनी दुवैले दिनेश फेरि बिहेको तयारी गरिरहेको थाहा पाए । उसले म्याट्रिमोनियल साइटमार्फत नै विवाह गर्न खोजेको पाइयो ।
सोमवार उनीहरू दिनेशले काम गर्ने कम्पनी पुगे । दिनेशलाई भेट्न कार्यालयभित्र जान अनुमति नपाएपछि उनीहरूले दिनेशलाई बाहिर बोलाउनका लागि धर्ना दिए । दिनेश गेटबाट बाहिर निस्कनेबित्तिकै दुवै महिलाले उसलाई रामधुलाइ गरे ।
दुवै महिलाले दिनेशविरुद्ध सुलुर प्रहरी चौकीमा उजुरी दर्ता गराएका छन् । उजुरीका आधारमा प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।
एजेन्सी
चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...
चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...
भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...
पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् । भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...
गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ । झुलबाहिर बस्दा वा लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम । ...
काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...