कात्तिक १५, २०८०
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
काभ्रेपलाञ्चोक – खोज तथा अनुसन्धानका क्रममा काभ्रेपलाञ्चोकको पाँचखाल क्षेत्रमा प्राचीन सम्पदा, सामग्री तथा स्तम्भ भेटिन थालेका छन् । हालै मात्रै पाँचखाल नगरपालिका–१३ स्थित तेमालबेँसीमा प्राचीन किरातकालीन स्तम्भ फेलापरेको हो ।
काभ्रेपलाञ्चोकमा पहिलोपटक किरातकालीन अवशेष (स्तम्भ) फेलापरेको बताइएको छ । असोज दोस्रो साता भारतीय पुरातत्व विभागका दुईजना खोजकर्ता सम्मिलित पाँच सदस्यीय टोलीले खोज अनुसन्धानका क्रममा भेटाएको उक्त स्तम्भ किरातकालीन रहेको पाँचखाल उपत्यका पुरातत्व खोज तथा अनुसन्धान समितिका सदस्य श्रीकृष्ण धितालले बताए । स्तम्भ पाँचखाल नगरपालिका–१३ स्थित तेमालबेँसीस्थित सुनकोशी नदी तथा झिकु खोलाको दोभानमा भेटिएको हो । विज्ञका अनुसार स्तम्भमा किरात धर्मावलम्बीले पूजा गर्दा बनाउने चित्रको आकृति छ ।
धार्मिकग्रन्थमा उल्लेख भएअनुसार स्तम्भ भेटिएको स्थान सुनकोशी नदी उत्पत्तिसँगै कौशिक ऋषिले तपस्या गरेको स्थान सुनकोशी नदी र झिकुखोलाको दोभान तेमालबेंसी नै रहेको बताइन्छ । उक्त स्थानमा थप किरातकालीन सम्पदा एवं सामग्री भेटिनसक्ने भएकाले पुरातत्वको विभागका विज्ञ टोलीको सहभागितामा आउँदो कात्तिक पहिलो साताबाट थप अनुसन्धान गरिने धिमालले बताए ।
यसअघि गत जेठ महीनामा पाँचखाल नपा–७ स्थित श्रीरामपाटीमा लिच्छवीकालीन संरचनाको भग्नावशेष तथा सामग्री भेटिएको थियो । पुरातत्व विभागको एक टोलीले करीब दुई साता उक्त स्थानको सम्पदा अध्ययन एवं उत्खननका पूरानो दरबार क्षेत्र रहेको भनिएको स्थानमा २४ इञ्चको ढुङको गारो लगाएको कोठा बाहिरी भागमा पर्खाल रहेको संरचना, माटोका भाँडाका टुक्रा, मसला पिँध्ने ढुङ्गाको खल, शिव लिङ्ग, ढुङ्गेधारा, रानीपोखरी भनिएको स्थानमा जमीनमुनि पाको माटोको डुँडबाट पानी ल्याउन बनाइएको पाइप तथा केही चौडा आकारका इँटा भेटिएको छ ।
पाँचखालमा भेटिएका ती भग्नावशेष तथा सामग्री प्राचीन लिच्छवीकालीन रहेको वरिष्ठ पुरातत्व विज्ञ उद्धव आचार्यले बताए । स्थानीय बूढापाकाले पाँचखाल क्षेत्रमा मानदेवको दरबार, रानीपोखरी, रानीपानीको कुवा, ढुङ्गेधारा र रानीपोखरी क्षेत्र करीब १२ रोपनीमा फैलिएको, खेतबारी खनजोत गर्ने क्रममा सयौँ वर्ष पुराना केही इँटा र सिक्का (मानाङ्क), घरको जग, भाँडाका टुक्रा फेला परेको बारे बताउँदै आएपछि पुरातत्व विभागले उक्त स्थानमा खोज अनुसन्धान गरेको हो ।
यस्तै, पाँचखाल नपा–६ स्थित महाँकाल मन्दिरमा गतसाल सबैभन्दा सानो सिक्का (जाभा) भेटिएको भियो । उक्त चाँदीको मुद्रा विश्वकै सानो मानिएको छ भने पाँचखाल नपा–६ स्थित सम्पदा अध्ययनका क्रममा भेटिएको सिक्का पनि नेपालकै पुरानो सिक्का मानिएको छ । उक्त सिक्काको एक पाटामा ‘भोगिनी’ लेखिएको छ भने अर्को पाटामा सिंहको चित्र रहेको छ । पुरातत्व विज्ञ आचार्यका अनुसार भोगिनी ‘पाली’ भाषा हो । उहाँका अनुसार भेटिएका प्रमाण लिच्छवीकालीन पाँचौँ, छैटौँ, सातौँ र आठौँ शताब्दीका हुन् ।
खोज अनुसन्धानका क्रममा पाँचखाल क्षेत्रमा प्राचीनकालीन भग्नावशेष एवं सामग्री भेटिन थालेपछि पाँचखाल उपत्यका पुरातत्व खोज तथा अनुसन्धान समितिले पुरातत्व विभागमा थप खोज तथा अनुसन्धानका लागि निवेदन दिएको छ । पाँचखालका बासिन्दाले सम्वत् ४२५ मा मानदेव प्रथमको शासनकालमा पाँचखाल नपा–९ पलाञ्चोकमा स्थापित पलाञ्चोक भगवती मन्दिर रहेकाले पनि यस ऐतिहासिक क्षेत्रको खोज अनुसन्धान गरी संरक्षणको माग गर्दै आएका छन् ।
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...