×

NMB BANK
NIC ASIA

गोरखपुरनिवासी भनेर भारतमा शपथ खाएका कँडेलले काठमाडौंमा भने, ‘त्यो ठेगाना साथीको हो’

कात्तिक ७, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – भारत, उत्तर प्रदेशको ठुठीबारीस्थित राधादेवी इन्टर कलेज व्यवस्थापन समितिका अध्यक्ष तथा नेपालका पूर्वगृहराज्यमन्त्री तथा बहालवाला सांसद देवेन्द्रराज कँडेलले आफू भारतीय नागरिक नभएको दाबी गरेका छन् ।

Muktinath Bank

ठुठीबारीका पूर्वग्रामप्रधान राजेश सिंहलाई चुनावमा हराएर अध्यक्ष बनेका कँडेल उर्फ ‘मुन्नाबाबु’ को विषयमा समाचार छापिएको तेस्रो दिन बुधबार उनले कांग्रेस पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गरेका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पत्रकार सम्मेलनमा उनले भने, ‘म नेपाली नागरिकका रूपमा भारतीय कलेजको सञ्चालक समितिको चुनाव लडेको हुँ, म भारतीय भए सजाय भोग्न तयार छु ।’ तर, गैरभारतीयले भारतमा गएर कसरी चुनाव लड्न सक्छ भन्ने उनले स्पष्ट पारेनन् । भारतीय नागरिक नभएसम्म भारतमा निर्वाचन लड्न त्यहाँको संविधान र कानुनले निषेध गरेको छ । 


Advertisment
Nabil box
Kumari

समाचार छाप्ने नयाँ पत्रिकालाई खबर नगरी आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘म नेपाली नागरिकका रूपमा भारतीय कलेजको सञ्चालक समितिको चुनाव लडेको हुँ, म भारतीय भए सजाय भोग्न तयार छु ।’ त्यस्तो समाचार छाप्ने पत्रिकाविरुद्ध आफु कानुनी उपचारमा जाने चेतावनी पनि कँडेलले दिएका छन् । तर उनीविरुद्ध भारतमा परेको उजुरीको मिसिल नयाँ पत्रिकासँग सुरक्षित छ । 

Vianet communication
Laxmi Bank

त्यति मात्र होइन, उनले निर्वाचित भएपछि अध्यक्षका रूपमा शपथ खाँदै आफू ३३ कसैयारोड बेतियाहाता, जनपद, गोरखपुरनिवासी भएको भन्दै सो विवरण झुटो भए भारतीय कानुनअनुसार कारबाही भोग्न तयार रहेको कागजमा हस्ताक्षर गरेका थिए ।

तर, बुधबार आयोजित पत्रकार सम्मेलनमा भने उनले सो ठेगाना आफ्नो साथीको घर भएको र पत्राचारका लागि पनि मात्र उल्लेख गरेको बताए । गोरखपुरनिवासी भएको बताएर भारतमा सपथ खाएका कँडेलले यता पत्रकार सम्मेलन गर्दा भने सो ठेगाना साथीको घरमात्र भएको दावी गरेका छन् । यसरी उनले दुवै देशलाई अन्धकारमा राख्न खोजेका छन् । 

त्यतिमात्र होइन, ‘मुन्नाबाबु’ को रुपमा उनले भारतको स्वतन्त्रता दिवसमा भारतीय झण्डा नै पृष्ठभुमीमा राखेर शुभकामना दिने गरेका छन् । नयाँ पत्रिकामा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x