२६ जेठ २०८३, मंगलबार

मलेसिया जाने घटे, यस्तो छ कारण

माघ ३, २०८०
काठमाडौं
मलेसिया जाने घटे, यस्तो छ कारण

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो श्रम गन्तव्य मुुलुुक हुुन पुुगेसँगै मलेसियामा रोजगारीमा जानेको सङ्ख्या घटेको हो ।

  अघिल्ला  दुुई  वर्षमा  ‘मिसन’  कै  रूपमा  नेपालसहितका  देशबाट  ठुलो  सङ्ख्यामा  श्रमिक  आपूर्ति  गरेको  मलेसियाले  पूरा  मागको  आपूर्ति  सकिएपछि मात्रै खोल्ने गरी नयाँ माग रोकेको छ । त्यसको असर नेपाली श्रम बजारमा पनि देखा परेको छ । विभागका अनुसार गत आवको भदौ महिनामा मलेसियाका  लागि  ३५  हजार  ३७२  जनाले  श्रम  स्वीकृति लिएकोमा चालुु आवको भदौमा आठ हजार ३१ जनाले मात्रै श्रम स्वीकृति लिएका छन् ।

गत आवको कात्तिकमा मलेसियाका लागि श्रम स्वीकृति लिनेको सङ्ख्या ३० हजार ५४० जना रहेकोमा चालुु आवको कात्तिकमा मलेसियाका लागि पाँच हजार ५५२ जनाले मात्रै लिएको देखिन्छ । यस्तै विभागका अनुसार चालुु आवको पुुसमा मलेसियाका लागि आठ हजार ९१ जनाले श्रम स्वीकृति लिएकोमा गत आवको पुुसमा त्यस देशका लागि २० हजार ३३९ जनाले श्रम स्वीकृति लिएर गएका थिए, गोरखापत्रमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्