कात्तिक २७, २०८०
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
डोटी– जिल्लाका सात स्थानीय तहमा विद्युत् र सञ्चारको वर्षौंदेखि समस्या हुँदै आएको छ । यहाँका जोरायल, बडीकेदार, बोगटान फुड्सिल, सायल, पूर्वीचौकी, आदर्श र केआइसिंह गाउँपालिकामा गतिलो विद्युत् र सञ्चार सुविधा नहुँदा स्थानीयलाई निकै सास्ती हुने गरेको छ ।
स्थानीय तह गठन भएको दुई वर्ष बितिसक्दासमेत यहाँका सात स्थानीयतहमा अहिलेसम्म विद्युत् र सञ्चारको समस्या समाधान हुन नसकेको सायल गाउँपालिकाका बासिन्दा सिद्धराज जोशीले बताए ।
विद्युत् र सञ्चारको पहुँच नहुँदा जिल्लाका विकट गाउँबस्तीमा बसोबास गर्ने नागरिकसँगै स्वयं स्थानीय सरकारनै अध्याँरोको समस्या भोग्न बाध्य भएका छन् ।
यहाँका सातवटै स्थानीय तहमा विद्युत् र सञ्चारको गतिलो सुविधा नहुँदासमेत त्यसको समाधानका लागि कसैले पनि पहल नचालेको स्थानीयको गुनासो छ ।
जिल्लाका अन्य स्थानीय तहभन्दा विकसित मानिने शिखर नगरपालिकामै विद्युत् र सञ्चारको चरम समस्या देखिएको स्थानीय डिलबहादुर महराले बताए । त्यस्तै जिल्लाको जोरायल गाउँपालिका–६ मा नेपाल टेलिकमले निर्माण गरेको जिएसएम टावरले राम्रोसँग काम नगरेका कारण त्यहाँका वडा नं ५ र ६ का बासिन्दा सञ्चार सम्पर्कबाट टाढा भएका स्थानीय ललित विष्टले बताए ।
भरपर्दो टेलिफोन सुविधा नहुँदा ती वडाका नागरिकले वर्षौंदेखि सञ्चार सास्ती खेप्दै आएका छन् ।
जिल्लाकै सायल गाउँपालिकामा बनेको सायली गाड जलविद्युत् योजना पटकपटक अवरुद्ध भइराख्ने र मर्मतका लागि कसैले चासो नदिने भएकाले जनता अहिले पनि अन्धकारमै रहेका स्थानीय धु्रवबहादुर सिंहले बताए । पटक–पटक अवरुद्ध भइराख्ने भएकाले टेलिफोन टावरको हालत पनि विद्युत्को जस्तै रहेकाले फोनमा राम्रोसँग कुरै गर्न नपाइने उनले बताए ।
यहाँका स्थानीयतहमा विद्युत् र सञ्चार सुविधा नहुँदा स्थानीयतहबाट प्रप्त हुने सेवा सुविधा लिनसमेत समस्या हुँदै आएको बडीकेदार गाउँपालिका–१ का चक्रबहादुर मेटेलीले बताए । सञ्चार र विद्युत् नभएका कारण यहाँका अधिकांश स्थानीय तहले आफूले गरेका काम कारवाही आफ्नो वेबसाइडमा समेत राख्न सकेका छैनन् ।
गाउँपालिका महासंघ सुदूरपश्चिमका अध्यक्ष दुर्गादत्त ओझाले डोटीका सबै स्थानीय तहमा भरपर्दो सञ्चार सुविधा जडानका लागि आवश्यक पहल भइरहेको बताए ।
यहाँका स्थानीयतहमा भरपर्दो सञ्चार सुविधा तथा विद्युत् नपुगेका कारण बैंकिङ कारोवार गर्ने वित्तीय संघ संस्था अहिलेसम्म स्थानीयतहमा जान सकेका छैनन् ।
केही वित्तीय संघ संस्था गाउँमा गए पनि विद्युत् र सञ्चार नहुँदा उनीहरुको आर्थिक कारोवार जिल्ला सदरमुकाम सिलगढी तथा पुरानो क्षेत्रीय सदरमुकाम दिपायलबाट नै हुने गरेको छ ।
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...